Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ बैशाख २६ बिहीबार १२:२६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

धुलाम्मे काठमाडाैं, अस्तव्यस्त सडक [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
२०७६ बैशाख २६ बिहीबार १२:२६:००

लामो समयदेखि निर्माणाधीन चावहिल-साँखु सडकखण्ड कालोपत्र नहुुँदा स्थानीय व्यवसायी र सर्वसाधारण हिलो र धुलोको समस्याबाट गुज्रिएका छन् । श्रावण–भाद्रमा हिलो रहेको सो सडक खण्डमा यतीबेला अत्याधिक मात्रामा धुलाम्मे भएको छ । 

सडक कालोपत्रे नएको भन्दै धुलोको मारमा परेका बौद्ध व्यापार संघ र स्थानीयले यातायात अवरुद्ध पारेका छन् । स्थानीय तथा व्यापारीले बिहानेदेखि गरेको सांकेतिक विरोले सडक अस्तव्यस्त भएको छ । चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धँुवाधुलोबाट मुक्त गर्नुपर्ने उनीहरुको माग छ । चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा सयौँ व्यवसायी विस्तापित भएको स्थानीय व्यवसायी तथा बौद्ध व्यापार संघका अध्यक्ष दीपक चौलागाईंले दुखेसो पोखे । 

सडक कालोपत्र गर्न नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअधयक्ष सकुन्तलाल हिराचनको कम्पनीले ठेक्का पाएको थियो । बाटो कालोपत्र गर्ने विषयलाई लिएर धेरै पटक स्थानीय नेतासहितको टोली मन्त्रालय र सडक विभाग कार्यालय पुगिसकेको छ । तर मन्त्रालयले सडक विभाग, सडक विभागले ठेकेदार र ठेकेदारले स्थानीयवासीले मुद्दा हालेका कारण अदालतलाई दोष लगाउँदै पन्छिने काम मात्र गरिरहेका छन् । सरकारले यथास्थितिमा तत्काल सडक कालोपत्र गर्न निर्देशन दिएको थियो ।
 

समाचार ः रासस

तस्बिर ः सञ्जित परियार / नयाँ पत्रिका