१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २५ बुधबार ०७:०६:००
Read Time : > 2 मिनेट
अर्थ

जहाँ काम मात्रै सिकाइदैन रोजगारीको ग्यारेन्टी पनि दिईन्छ 

ल्यापटप, मोबाइल, कम्प्युटर, प्रोजेक्टरको चिपलेवल तालिम

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २५ बुधबार ०७:०६:००

काठमाडौं । सर्वसाधारणले प्रयोग गर्ने मोबाइल र ल्यापटप, कम्प्युटर, टिभि, प्रोजेक्टर, प्रिन्टर, फोटोकपि, सिसिटिभी क्यामरा जस्ता विद्युतीय सामाग्री जस्तासुकै स्थानमा प्रयोग गर्दा बिग्रने खतरा उत्तिकै हुन्छ । तसर्थ राम्रो स्थान पहिचान गरेर मात्रै त्यस्ता सामग्री मर्मत गर्नु लैजानु उचित मानिन्छ ।

‘एलाइन्स ल्यापटप रिपेरिङ एण्ड ट्रेनिङ सेन्टर’ गुणस्तरीय काम गर्ने संस्थाको रुपमा चिनिन्छ । आइएसओबाट प्रमाणित उक्त संस्था सिटिइभिटिबाट समेत मान्यताप्राप्त संस्था हो । उक्त कम्पनिले शतप्रतिशत रोजगारीको ज्ञारेन्टी सहित कम्प्युटर, ल्यापटप, मोबाईल ट्रेनिङ सञ्चालन गर्दै आएको कम्पनिका प्रमुख दिपक पोखरेल बताउँछन् ।
आइफोन, सामसुङ, म्याक, आईम्याक मर्मतका लागि स्पेशल कक्षाको समेत ब्यवस्था छ । एलाइन्सले विगत ८ वर्षदेखि नेपालमा कम्प्युटर, ल्यापटप र मोबाइलको क्षेत्रमा चिप लेबलको तालिम प्रदान गर्दै आएको छ । यसरी चिप्स लेबलको तालिम दिने कम्पनी पहिलो भएको दाबी गर्छन् सञ्चालक पोखरेल ।

जसले चिप लेवलका तालिम सञ्चालन गरेर ख्याति मात्र कमाएको छैन हजारौं युवालाई रोजगारी समेत दिएको छ । शतप्रतिशत रोजगारीको अवसरसहित आत्मनिर्भर गराउने काम समेत गरको छ । यस कम्पनीले युवालाई रोजगारीको सुजना गर्नुका साथै युवा उद्यमशिलता र जागरुकता ल्याएको छ । यस कम्पनीमा कलाकार महादेव त्रिपाठीले समेत सहकार्य गरेका छन् । एलाइन्सले ल्यापटप, कम्प्युटर, मोबाईल, प्रोजेक्टर लगायतका सामाग्रीको चिप लेबल ट्रेनिङमा रोजगारीसहित एकवर्षको प्याकेज सञ्चालन गरेको छ । आफैं स्वरोजगार बन्न चाहने युवा–युवतीलाई रोजगारीको ज्ञारेन्टी दिंदै आत्मनिर्भर बन्न सहयोग गर्दै आएको छ ।
विभिन्न देशमा आफुले १० वर्षसम्म हासिल गरेको अनुभवबाट तालिम सञ्चालन गरि नेपालमा धेरै यूवालाई रोजगार दिलाइसकेको कम्पनीको भनाई छ । तालिम लिएको एक वर्षमै युवाहरुले राम्रो आम्दानी हुने गरी काम गर्न सक्ने बनाउने प्रवन्ध निर्देशक पोखरेलको भनाइ छ ।

एलाइन्स नै  किन ?
एलाइन्स् नेपालको सम्बन्धमा हरेक टेष्टिङ प्रविधिबाटद्वारा तालिम दिने एकमात्र तालिम सेन्टर हो । यस सेन्टरमा तालिम सिक्ने विद्यार्थी विदेशका जुनसुकै कुनामा गएर पनि काम गरि आफुलाई आत्मनिर्भर बनाउन सक्ने भएकाले युवायुवतीको पहिलो रोजाइ बन्दै गएको छ एलाइन्स । विदेशमा जाने युवालाई लक्षित गरेर स्पेशल कोर्स सञ्चालन गर्ने गरिएको समेत दिपक पोखरेल बताउछन् ।

मोबाईल, कम्प्युटर ल्यापटपमा आउने जुनसुकै समस्या पनि मेसिनबाट २० मिनेट भित्रै पत्ता लगाई २४ घण्टाभित्र डेलिभरी गर्न सक्ने ग्यारेन्टी गरेको संस्थाले आफ्ना विद्यार्थीलाई पनि सोही लेवलकै तालिम प्रदान गरि पूर्ण दक्ष बनाउने उनले बताए ।
‘हाम्रो एउटै भनाइ के हो भने, ७०–८० हजार रूपैयाँ हालेर किनेको मोबाईल ल्यापटप, प्रोजेक्टर बिग्रियो भने सिधै बोर्ड चेन्ज गर्ने होईन, थोरै खर्चको मर्मतबाट पनि चलाउन सकिन्छ भन्ने प्रमाणित गरिसकेका छौं’ पोखरेलले भने ।

चिप लेवलको तालिम बेरोजगार युवालाई बरदान सावित
उच्च शिक्षा हासिल गरेर पनि रोजगारी पाउन नसकेर भौतारिरहनेको जमात नेपालमा ठूलो छ । एकातिर यस क्षेत्रमा दक्ष जनशक्ति नहुनु, अर्कातिर बेरोजगारीको समस्या झनै बल्झिरहेहको अवस्थामा यस किसिमको तालिम बेरोजगार युवाका लागि बरदान बन्ने गरेको छ । यस्ता सामाग्रीको बढ्दो प्रयोगले पनि दक्ष प्राविधिकको माग उच्च छ । तर माग अनुसार उत्पादन हुन सकेको छैन । एलाईन्समा आएर तालिमि लिएपछि सानो लगानीबिाट पनि ठुलो आम्दानी गर्न सकिने, सिप सिकेपछि आफ्नै नेटवर्क अथवा पसल गर्न चाहेमा सहयोग गर्नुका साथै सिकेर विदेश गएपछि पनि आफ्ना विद्यार्थीलाई अनलाईन सपोर्ट दिने गरिएको पोखरेलको भनाइ छ ।
तालिम हरेक प्रकारका युवा युवती अथवा यही क्षेत्रमा लागेका तर पूर्ण रुपमा काम गर्न नसक्ने, विदेश गएर राम्रो आम्दानी गर्न चाहाना भएका सबै खाले युवाहरूले यस किसिमको तालिम लिन सक्नेछन् । हाल एलाईन्सले चिपलेवल तालिमसँगै आइफोन, सामसुङ, ल्यापटप, प्रोजेक्टर जस्ता सामाग्रीका जस्तोसुकै समस्याका तत्काल समाधान गर्न सकिने गरी तालिम प्रदान गरिएको सेन्टरको भनाई छ ।

के छन् त् एलाइन्सका विशेषता ?
१. हरेक टेष्टिङ प्रविधिबाट तालमि गराउने । तालिमपश्चात् रोजगारीको ज्ञारेन्टी ।
२. कसैले आफ्नै पसल अथवा मर्मत, तालिम सेन्टर जस्ता व्यवसाय गर्न चाहेमा पूर्ण सहयोग गर्ने ।
३. वदेश जान चाहनेलाई विशेष कोर्स । विश्वका जुनसुकै कुनामा भएपनि अनलाइनबाटै सपोर्ट गरिने ।
४. अन्तर्राष्ट्रिय स्तरको ल्याव, पढाउदा हरेक मोडलको मदरबोर्ड, सर्किट र रियल प्रब्लममा आधारित रहेर पढाइने ।
५. विद्यार्थी दक्ष नबनुञ्जेल अतिरिक्त शुल्क नलिइने ।
६. किताब लेखक तथा यस क्षेत्रका दक्ष प्राविधिकबाट समेत तालिम गराइने ।
७. सिटिइभिटीबाट मान्यता प्राप्त ।
८. आइएसओ २००९ र २०१५ बाट प्रमाणित ।
९. नेपालको एक मात्र तीन ओटा इन्टरनेस्नल सभिस सेन्टर भएको ।

भिडियाेकाे लागि  ः https://www.youtube.com/watch?v=g9CTaJ6Ljl8