निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
नयाँ पत्रिका
२०७६ बैशाख २५ बुधबार ०७:२६:००
Read Time : > 1 मिनेट
राजनीति

विधान फेर्‍यो राजपाले : अध्यक्षमण्डलको व्यवस्था खारेज, पदाधिकारी समिति पनि नरहने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २५ बुधबार ०७:२६:००

राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) ले पार्टीका ७ ओटा निकाय रहने गरी नयाँ विधान लेखिरहेको छ । उसले परिमार्जित विधानमा अध्यक्षमण्डलको व्यवस्था हटाएको छ । यसअघि रहेको पदाधिकारी समिति पनि संशोधन गरेको छ ।आउँदो २८–३० कात्तिकमा हुने एकता महाधिवेशनबाट पारित गर्नका लागि तयार पारिएको विधान मस्यौदाले एकल नेतृत्वको परिकल्पना गरेको छ । मस्यौदामा केन्द्रीय समितिदेखि वडा समितिसम्म सातवटा समिति रहने व्यवस्था छ । आठदेखि १३ वैशाखसम्म बसेको पदाधिकारी बैठकले बनाएको लक्ष्मणलाल कर्ण नेतृत्वको नौ सदस्यीय समितिले विधान तयार पारेको हो । 

मस्यौदामा केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति, प्रदेश सभा निर्वाचन समिति, पालिका समिति र वडा समिति रहने व्यवस्था गरिएको समिति सदस्य केशव झाले जानकारी दिए । ‘महाधिवेशनपछिको कार्यकारी हैसियतमा केन्द्रीय समिति हुने गरी विधानको मस्यौदा तयार भइरहेको छ,’ झाले भने, ‘केन्द्रीय समिति कति सदस्यीय हुने, पदाधिकारी कति सदस्यीय हुने भन्ने विषयको भने टुंगो लागिसकेको छैन ।’

गत जेठको राजनीतिक समितिको बैठकले महाधिवेशनबाट एकल नेतृत्वमा लैजाने निर्णय गरेको थियो

७ वैशाख ०७४ मा मधेसकेन्द्रित ६ दल मिलेर बनेको राजपा अहिलेसम्म ६ सदस्यीय अध्यक्षमण्डलबाट चल्दै आएको छ । ‘राजनीतिक समिति, पदाधिकारी समिति र अध्यक्षमण्डलको निर्णयबमोजिम हामीले विधानको मस्यौदामा पार्टीमा एकल नेतृत्व हुने व्यवस्था सर्वसम्मतिले समेट्यौँ,’ समिति सदस्य झाले नयाँ पत्रिकासँग भने । 

अघिल्लो वर्ष जेठमा बसेको राजनीतिक समितिको बैठकले एकता महाधिवेशनबाट एकल नेतृत्वमा लैजाने निर्णय गरेको थियो । त्यो निर्णयलाई अध्यक्षमण्डल र १३ वैशाखमा सम्पन्न पदाधिकारी समिति बैठकले सदर गदै विधानमा समेट्न कर्णको नेतृत्वमा नौ सदस्यीय समिति बनाएको थियो । समितिमा सर्वेन्द्रनाथ शुक्ल, केशव झा, मालावती राना थारू, मानध्वज ब्लोन, राजकुमार थापा, महमद अकवाल अहमद, रामलाल सुतिहार र हरेन्द्र यादव सदस्य छन् । समितिलाई विधानको मस्यौदा तयार गर्न १५ दिनको समय दिइएको थियो । समितिले १५ दिनमै काम सक्न लागेको सदस्य झाले बताए । 

समसामयिक विषयमा छलफल गर्न राजपा अध्यक्षमण्डल बैठक बस्ने भएको छ । बैठकमा पदाधिकारी समिति बैठकको मिति, आगामी कार्यक्रम र रणनीतिबारे छलफल हुनेछ । राजपाले महाधिवेशन सम्पन्न गर्न नेता महन्थ ठाकुरको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएको छ ।