१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
काठमाडाैं
२०७६ बैशाख २५ बुधबार ०६:३१:००
Read Time : < 1 मिनेट
समाचार

समाजवादी पार्टी दर्ता गर्न कठिन

Read Time : < 1 मिनेट
काठमाडाैं
२०७६ बैशाख २५ बुधबार ०६:३१:००

डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वमा गठन भएको समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता गर्न कठिन हुने देखिएको छ । यसअघि नै विष्णुराज अर्यालले समाजवादी पार्टी, नेपाल दर्ता गरिसकेकाले नवगठित पार्टी दर्ता गर्न समस्या हुने भएको हो । 

अर्यालले ५ भदौ ०७४ मा सो नामको पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता गरेका थिए । उनले पार्टीका नाम मात्र दर्ता गरेको जानकारी दिए । ‘हामी सिपी मैनाली नेतृत्वको मालेमा सँगै थियौँ । २६ असार ०६६ मा मालेबाट विभाजित भई नेकपा माले समाजवादी गठन ग-यौँ,’ अर्यालले भने, ‘दोस्रो संविधानसभा निर्वाचनमा सहभागी भएपछि ५ भदौ ०७४ मा समाजवादी पार्टी नेपाल दर्ता गरेका थियौँ ।’

निर्वाचन आयोगले एउटै नामको अर्को पार्टी दर्ता गर्न कठिन हुने जनाएको छ । तर, समाजवादी पार्टी नेपालका नेता देवेन्द्र पराजुलीले निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रक्रिया केन्द्रीय समिति बैठकले टुंगो लगाउने बताए ।