१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २४ मंगलबार १०:५४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् उच्च रक्तचाप नियन्त्रण गर्ने खाद्यपदार्थ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २४ मंगलबार १०:५४:००

विश्वमा अहिले धेरै मानिस उच्च रक्तचाप (हाई ब्लडप्रेसर)का कारण प्रताडित छन् । यसबाट बच्न चिकित्सककोमा जानु त छँदै छ, यसबाहेक पनि केही घरेलु उपाय अपनाउन सकेमा उच्च रक्तचाप नियन्त्रण हुन सक्छ । यस्ता पदार्थ छन्, जसको सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्छन् :

  • बदाम : बदाममा पाइने मोनोस्याचुरेटेड फ्याटले रगतमा कोलेस्ट्रोल लेभल कम गर्छ । साथै, धमनीलाई सफा गर्छ । यसले गर्दा रक्तचाप घट्छ ।
  • लसुन : लसुनमा पाइने एक रसायनले हाइपरटेन्सन घटाउँछ । लसुनको यो गुणबारे आयुर्वेदमा पनि वर्णन गरिएको छ ।
  • प्याज : प्याजमा रहेको एन्टिअक्सिडेन्ट फ्लुबेनल, क्यासिन आदिले ब्लडप्रेसरलाई सन्तुलित राख्न मद्दत गर्छ ।
  • दालचिनी : दालचिनीमा धेरै औषधीय गुण हुन्छ । यसको सेवनले मधुमेहसँगै उच्च रक्तचापजस्ता रोग पनि नियन्त्रण हुन्छ ।
  •  अलैँची : एक अनुसन्धानअनुसार उच्च रक्तचापका बिरामीले करिब तीन महिनासम्म नियमित रूपमा अलैँची सेवन गरेमा रोग ठीक हुन्छ ।
  • जैतुन : युरोपका मेडिटेरियन क्षेत्रमा जैतुनको तेल बढी प्रयोग गरिन्छ । जैतुनले उच्च रक्तचाप निको पारेकाले नै यसको प्रयोग गरिएको हो ।