१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २७ बिहीबार ०१:२६:००
Read Time : < 1 मिनेट
समाचार

जर्किनमा लागुऔषध तस्करी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २७ बिहीबार ०१:२६:००

लागुऔषध तस्करीमा तस्करले तेलको जर्किन प्रयोग गर्ने गरेको खुलेको छ । पर्सा पकाह मैनपुर–२ का १९ वर्षीय सुवास सहनी जर्किनमा लुकाई तस्कर गरिएको लागुऔषधसहित पक्राउ गरेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीटोलीले सहनीलाई बल्खुबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले दुई सय एम्पुल डाइजेल्याब, दुई एम्पुल बुप्रेफिन र दुई एम्पुल फेनारगन बरामद गरेको छ । प्रहरीका अनुसार उनले उक्त लागुऔषध जर्किनभित्र लुकाई वीरगन्जबाट काठमाडौं ल्याएका थिए ।


ब्युरो प्रमुख डिआइजी दिनेश अमात्यले जर्किन काटेर हेरेपछि मात्रै लुकाइराखिएको लागुऔषध फेला परेको बताए । उनले भने, ‘विशेष सूचनाका आधारमा हामीले उक्त व्यक्तिमाथि निगरानी गरिरहेका थियौँ । बल्खुमा समातिएपछि जाँच सुरु भयो । तर, सूचनामा भनिएजस्तो लागुऔषध फेला परेन । पछि रातो रङको तेल बोक्ने जर्किन देखियो । शंका लागेपछि जर्किन काटेर गर्दा लुकाई राखिएको लागुऔषध फेला प-यो ।’

ब्युरोका अनुसार उनले उक्त लागुऔषध पर्सा पकाह मैनपुृर–२ का २० वर्षीय नरेश सहनीसँग लिएका थिए । काठमाडौंमा उनले उक्त लागुऔषध बारा सिम्रौनगढ–७ की २४ वर्षीया पुनमकुमारी सहनीलाई दिँदै थिए । उनकै सूचनाका आधारमा प्रहरीले नरेश र पुनम दुवैलाई पक्राउ गरेको छ ।

बेलुन बेच्दै लागुऔषध कारोबार
प्रहरीले केटाकेटीका लागि बेलुन बेच्दै लागुऔषधको कारोबार गर्ने भारतीय नागरिक १९ वर्षीय मोहम्मद तुफानलाई पनि पक्राउ गरेको छ । भारत सीतामढी–६ का तुफान ललितपुरका विभिन्न क्षेत्रमा बेलुन बेच्दै आएका थिए ।

मंगलबजारबाट पक्राउ परेका उनको साथबाट प्रहरीले दुई सय एम्पुल डाइजेपाम, दुई सय एम्पुल बुप्रिनफिन, दुई सय एम्पुल फेनारगन र तीन हजार पिस नाइट्रोजापाम ट्याब्लेट बरामद गरेको छ ।