मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबजको उपादेयता अझै छ, विचार त्याग्न सकिँदैन : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४३:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जबजको सान्दर्भिकता अझै रहेको बताएका छन्। कृषिमन्त्री डा. बेदुराम भुसालद्वारा लिखित पुस्तक ‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’ लोकार्पण कार्यक्रममा आइतबार नेपालले जबज गाम्भीर्यता बुझ्न आग्रह गरे।

समाजवादी क्रान्तिको चरणमा पनि बहुदलीय प्रतिस्पर्धाको राजनीतिको त्यतिकै उपादेयता रहेको उनले बताए। उनले भने, ‘हाम्रो समाजवाद चीनको जस्तो हुँदैन, भियतनामको जस्तो हुँदैन। क्युबाको जस्तो पनि हुँदैन। हाम्रो समाजवाद बहुदलीय प्रतिस्पर्धासहितको समाजवाद हुन्छ।’

कम्युनिस्ट पार्टीको अस्तित्व रक्षाका लागि पनि जबज आवश्यक रहेको नेपालले दाबी गरे। उनले विचारलाई परित्याग गर्न नसकिने बताए।

‘कम्युनिस्ट पार्टीको अस्तित्वलाई धराशयी पार्नका लागि साम्राज्यवादी, प्रतिक्रियावादी शक्तिहरू लागिरहेका छन्। हाम्रो देशको राजनीतिमा कम्युनिस्ट पार्टीलाई लोकप्रिय पार्टीको रूपमा अगाडि बढाउनुछ भने राष्ट्रियताको पक्षपोषक, लोकतन्त्रको संवाहक, परिवर्तनको बाहक पनि कम्युनिस्ट पार्टीबाट पुष्टि गराउनुछ भने हामीले आफ्नो लोकतान्त्रिक चरित्रलाई दृढताको साथ अगाडि बढाउनुपर्छ। बहुदलीय प्रतिस्पर्धाको विधिलाई नयाँ परिवेशबाट अगाडि बढाउनुपर्छ,’ उनले भने।