मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ बैशाख २४ मंगलबार ०८:०३:००
Read Time : < 1 मिनेट
राजनीति

बन्यो समाजवादी पार्टी नेपाल : संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता

Read Time : < 1 मिनेट
२०७६ बैशाख २४ मंगलबार ०८:०३:००

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उपप्रधानमन्त्री उपेन्द्र यादवले आफूहरू नै मुलुकको राजनीतिक विकल्प भएको बताएका छन् । सोमबार समाजवादी पार्टी नेपालको घोषणा गर्दै उनीहरूले नौ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । समाजवादी पार्टी संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएर बनेको हो ।
‘कम्युनिस्ट–कांग्रेस मक्किसकेका घर हुन्, ती दुवै एकदिन गर्लम्म ढल्छन्,’ डा. भट्टराईले भने, ‘कम्युनिस्ट नामको सरकार भ्रष्टाचार र लुटपाटमा लागेको छ ।’ उनले सविधान संशोधनसँगै उत्पिडित जाति, क्षेत्र लिंगका लागि सडक संघर्ष गर्ने चेतावनी दिए । 


उनले लोकतन्त्रलाई बलियो बनाउन पूर्ण समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने जिकिर गरे । अर्का अध्यक्ष यादवले सरकारमा कम्युनिस्ट नभई कमाउनिस्ट मात्रै भएको बताए । ‘सरकारमा सिद्धान्त, विचार र नैतिकताबाट च्युत भएका कमाउनिस्ट छन्,’ यादवले भने, ‘अहिलेका कम्युनिस्टलाई संघीयता, समानुपातिक समावेशीको कुरा गर्दा हजार भोल्टेजको करेन्ट लागेजस्तो हुन्छ के भएको होला ?’ अध्यक्षद्वयले मधेसकेन्द्रित दल राजपालाई पनि एकतामा आउन आग्रह गरे । 

पदाधिकारीमा को–को परे ?
अध्यक्ष : डा.बाबुराम भट्टराई (संघीय परिषद्) 
  उपेन्द्र यादव (केन्द्रीय समिति)
वरिष्ठ नेता : अशोककुमार राई
सहअध्यक्ष : राजेन्द्र श्रेष्ठ
उपाध्यक्ष : नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेनुकुमार यादव, हिसिला यमी, लालबाबु राउत, हेमराज राई   
महासचिव : गंगानारायण श्रेष्ठ, रनध्वज कन्दङ्वा, रामसायप्रसाद यादव 
उपमहासचिव : डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी
सचिव : मोहमद इस्तियाक राई, दुर्गा शोभा, पर्शुराम बस्नेत, प्रशान्त सिंह । दुईजना पछि थप्ने 
कोषाध्यक्ष : विजयकुमार यादव 
केन्द्रीय समिति : ४२९ सदस्य (तत्कालीन फोरमबाट २ सय ७८ र नयाँ शक्तिबाट १ सय ५१)