मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २३ सोमबार ०६:४६:००
Read Time : < 1 मिनेट
समाचार

भूकम्पले भत्किएका ८८ विद्यालय पुनर्निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २३ सोमबार ०६:४६:००

भूकम्पले भत्किएका ललितपुरका ८८ विद्यालयको पुनर्निर्माण गरिएको छ भने ४५ विद्यालय निर्माणाधीन छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला कार्यान्वयन इकाइ (शिक्षा) को प्रगति प्रतिवेदनअनुसार भूकम्पबाट एक सय ६८ विद्यालयमा क्षति पुगेको थियो । जसमध्ये ५० कक्षाकोठामा पूर्ण र ६ सय ६८ कक्षाकोठामा सामान्य क्षति भएको थियो । 

भूकम्पले भत्काएकामध्ये आर्थिक वर्ष ०७३/७४ यता विद्यालय व्यवस्थापन समितिले ४२ र गैरसरकारी संस्थाले १५ वटा विद्यालय भवन पुनर्निर्माण गरेका हुन् । त्यस्तै, विद्यालय व्यवस्थापन समितिले २७ वटा विद्यालय र एक सय २४ वटा कक्षाकोठा  निर्माण गरिरहेको छ । 

यसैगरी, जाइकाले सात विद्यालय र ८१ वटा कक्षाकोठा निर्माण गरेको छ भने १४ विद्यालय र दुई सय ६ कक्षाकोठा निर्माण गरिरहेको छ । एसियन डेभलपमेन्ट बैंकले (एडिबी) एउटा विद्यालय र ३५ कक्षाकोठा निर्माण गरिरहेको इकाइको प्रतिवेदनमा उल्लेख छ । जिल्ला शिक्षा कार्यान्वयन इकाइले भने पाँचवटा अर्ध पक्की विद्यालय भवन र १२ वटा कक्षाकोठा निर्माण गरेको छ ।