१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस
२०७६ बैशाख २१ शनिबार १२:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

ठमेलबाट बीस बालबालिकाको उद्धार

Read Time : < 1 मिनेट
रासस
२०७६ बैशाख २१ शनिबार १२:५६:००

नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई शनिबार बिहान उद्धार गरेको हो ।  

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरिएको जानकारी दिए । ‘ठमेलभित्र हुने अपराधजन्य घटनाको जोखिमबाट जोगाउन ती बालबालिकालाई नियन्त्रणमा लिएका हौं,’ उनले भने् ।  

उद्धार गरिएका बालबालिका अभिभावकसँग परामर्श गरेर जिम्मा लगाउने वृत्तले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले ठमेल, दरबारमार्ग, नयाँ बसपार्कलगायत जहाँ धेरै बालबालिका जान्छन् त्यस्ता क्षेत्रमा अभियान चलाउँदै आएको बताए । 

वृत्तले यसअघि ठमेल क्षेत्रका विभिन्न होटल, रेष्टुराँ तथा क्लबमा काम गर्ने ७८ बालबालिकाको उद्धार गरी सम्बन्धित अभिभावकलाई जिम्मा लगाएको थियो ।