मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख २० शुक्रबार ११:२५:००
Read Time : < 1 मिनेट
प्रदेश

गुल्मीको सिद्धबाबा माविमा भूकम्प मापन यन्त्र जडान

Read Time : < 1 मिनेट
२०७६ बैशाख २० शुक्रबार ११:२५:००

गुल्मीको सिद्धबाबा माविमा भूकम्प मापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । सिद्धबाबा सिस्मोमिटर जडान गर्नेे नेपालको १३औं र जिल्लाको पहिलो विद्यालयको हो । स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेको छ । उक्त यन्त्रले एक म्याग्निच्युड भन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राख्नेछ । 

रेसुङा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उक्त उन्त्रले सिद्धबाबा विद्यालयलाई मात्र नभएर भुकम्पको अवस्था, अध्ययन र जोखिमका विषयमा सवैलाई फाइदा पुग्ने बताए । स्विट्जरल्याण्डको लुजान विश्व विद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा विद्यालयमा सिस्मोमिटर जडान गरिएको विद्यालयका प्रचार्य डोर बिक्रम श्रीसले बताए ।

विद्यालयलाई उपकरण प्रदान गर्दै सुवेदीले भूकम्पपछि नेपालमा यन्त्र उपकरणसँगै सम्बन्धीत शिक्षालाई आवश्यकता अनुसार अगाडि बढाउन नसकिएको बताए । उनले अझै नेपालमा भूकम्पको जोखिमका विषयमा अध्ययन हुने कुरा शंकाको दृष्टीकोणले हेर्ने गरिएको बताए । 

नेपालका २३ विद्यालयमा यस्ता उपकरण जडान गरिने उनले बताए । शुक्रबार रेसुङ्गा नगरपालिकाका मेयर, जनप्रतिनिधी, विद्यालय व्यावस्थापन समितिका पदाधिकारी, शिक्षकलगायतलाई उपकरणको प्रयोग र महत्वको बारेमा सुवेदीले जानकारी दिएका थिए ।