१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
काठमाडाैं
२०७५ पौष १२ बिहीबार ०७:४९:००
Read Time : < 1 मिनेट
समाचार

तातोपानीबाट २२ किलोवाट बिजुली

Read Time : < 1 मिनेट
काठमाडाैं
२०७५ पौष १२ बिहीबार ०७:४९:००

सर्केगार्ड गाउँपालिका–३ उनापानीमा तातोपानीबाट २२ किलोवाट बिजुली उत्पादन भएको छ । तातोपानीबाट उत्पादित बिजुलीले गाउँ नै उज्यालो भएको वडाध्यक्ष गजरा रावतले बताए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा बिजुली उत्पादन गरिएको हो ।

गाउँमै बिजुली उत्पादन भएपछि दियालो बाल्नुपर्ने झन्झटबाट मुक्ति मिलेको स्थानीय फागुने फडेराले बताए । गाउँपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गम्रिण जनउत्थान विकास केन्द्रको १ करोड ११ लाख रुपैयाँ लागतमा विद्युत् आयोजना निर्माण गरिएको हो । आयोजनाबाट २ सय ८० परिवार लाभान्वित भएका छन् ।