Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ बैशाख २० शुक्रबार ०९:१३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण हुन्छ मुखको क्यान्सर

Read Time : > 1 मिनेट
२०७६ बैशाख २० शुक्रबार ०९:१३:००

मुखका अंग तथा तन्तुका कोषको अस्वाभाविक र अनियन्त्रित वृद्धि हुनु मुखको क्यान्सर (अर्बुदरोग) हो । मुखको क्यान्सर हुँदा ओठ, जिब्रो, जिब्रोमुनिको भाग, गालाको भित्री भाग र तालुमा घाउ हुने गर्छ । सामान्यतया महिलाको तुलनामा पुरुषमा मुखको क्यान्सर बढी देखिने गरेको छ । जुनसुकै उमेरका मानिसमा मुखको क्यान्सर हुन सक्ने भए पनि नेपालको सन्दर्भमा धेरैजसो क्यान्सरपीडित ४० वर्षमाथिका उमेरका व्यक्ति भएको पाइन्छ । 
कारण

  • मुखको क्यान्सर हुनुका विभिन्न कारण छन् । जसमध्ये पनि धूम्रपान र मद्यपान सेवन यसका मुख्य कारण हुन् । विशेषगरी, निकोटिनयुक्त पदार्थ सेवन गर्ने मानिसमा मुखको  क्यान्सर भएको पाइन्छ । 
  • मद्यपान गर्ने मानिसमा पनि मुखको क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ । अध्ययनअनुसार सुर्तीजन्यसँगै मदिराजन्य पदार्थको सेवन गर्दा १५ प्रतिशत मुखको क्यान्सर हुने सम्भावना थपिन्छ ।
  • धुवाँको रूपमा प्रयोग गरिने सुर्तीजन्य पदार्थभन्दा पनि मुखमा राखेर खाइने सुर्तीजन्य पदार्थहरू तुलनात्मक रूपमा बढी हानिकारक हुन्छन् ।  
  • भाइरसको संक्रमणबाट पनि मुखको क्यान्सर हुने गर्छ । एचपिबी १६ नामक भाइरसका कारण मुखमा संक्रमण भई क्यान्सर हुन्छ । 
  • रोगप्रतिरोधी क्षमता कम भएका मानिसमा पनि क्यान्सर हुने सम्भावना बढी रहन्छ । 
  • पोषणको कमी, चोटपटक तथा मुखको कम सरसफाइ आदिजस्ता विभिन्न कारणले मुखमा क्यान्सर हुन्छ । 
  • विकिरणका कारणसमेत कतिपय अवस्थामा मुखको क्यान्सर हुन्छ । अल्ट्राभाइलेट, आयोनाइजिङ विकिरण, एक्स–रे र सूर्यको प्रकाशले पनि छाला तथा ओठमा क्यान्सर गराउन सक्छ । 
  • वंशाणुगत गुणका कारणले पनि क्यान्सर हुने सम्भावना हुन्छ । तर, यो ज्यादै कम प्रतिशत मात्र हुन्छ ।

लक्षण

  • मुखका अंगहरूमा घाउ देखा पर्नु, निको नहुनु र दुखिरहनु ।
  • कान दुख्ने, स्वरमा परिवर्तन हुनेजस्ता समस्या देखा पर्नु ।
  • घाँटीमा गिर्खा पलाउने र घाँटी दुख्नेजस्ता समस्या देखिनु । 
  • मुख र गिजामा घाउ आई अस्वाभाविक रक्तश्राव हुने, खाना खान अप्ठयारो हुने, विनाकारण दाँत झर्ने हुन्छ । 
  • क्यान्सर भइसकेपछि मानिस कमजोर देखिने, रक्तअल्पता हुनेजस्ता अन्य समस्यासमेत देखिन्छन् । 

रोकथाम र उपचार 

  • सर्वप्रथम त मुखको सरसफाइमा ध्यान दिनुपर्छ । त्यस्तै, धूम्रपान, मध्यपानसँगै सुपारी, पान, गुट्खा पनि सकभर खानुहँुदैन । क्यान्सरका लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।  
  • सामान्यतया क्यान्सर चार चरणमा हुने गर्छ । पहिलो चरणको क्यान्सर भएमा शल्यक्रियाको माध्यमबाट यसको उपचार गर्न सकिन्छ । यदि क्यान्सर तेस्रो र चौथो चरणमा पुगिसकेको भए यसको उपचार रेडिएसन र किमोथेरापीको माध्यमले गर्न सकिन्छ ।