मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अनु आचार्य
२०७६ बैशाख २० शुक्रबार ०८:५१:००
Read Time : > 1 मिनेट
समाचार

रसुवामा ७७ प्रतिशत पुनर्निर्माण

Read Time : > 1 मिनेट
अनु आचार्य
२०७६ बैशाख २० शुक्रबार ०८:५१:००

निजी आवास पुनर्निर्माणमा रसुवा अगाडि देखिएको छ । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले क्षति पुगेका १४ जिल्लामध्ये निजी आवास पुनर्निर्माणमा रसुवा अन्य जिल्लाभन्दा अघि देखिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार समग्रमा ५० प्रतिशत निजी आवास पुनर्निर्माण हुँदा रसुवामा भने ७७ प्रतिशत पुनर्निर्माण सकिएको छ । रसुवामा १२ हजार चार सय ९२ लाभग्राही छन् । त्यसमध्ये नौ हजार ६ सय ७३ जनाले निजी आवास निर्माण सकेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना रसुवाका सूचना अधिकारी मौलीधन राईले जानकारी दिए ।

 नौकुण्डमा सबैभन्दा धेरै काम 
जिल्लाका पाँच गाउँपालिकामध्ये सबैभन्दा बढी नौकुण्ड गाउँपालिकामा र सबैभन्दा कम आमाछोदिङ्मो गाउँपालिकामा निजी आवास निर्माण भएका छन् ।  नौकुण्डमा तीन हजार तीन सय ४९ मध्ये दुई हजार नौ सय ४० घरको निर्माण सकिएको छ । त्यसैगरी एक हजार नौ सय ६४ लाभग्राही रहेको आमाछोदिङ्मो गाउँपालिकामा एक हजार तीन सय ४० ले घर निर्माण सकेको राईले बताए ।

 ११ हजार सात सय २७ ले  बुझे पहिलो किस्ता
जिल्लामा हालसम्म ११ हजार सात सय २६ जनाले पहिलो किस्ताबापतको रकम बुझेका छन् । १० हजार नौ सय ११ जनाले दोस्रो र नौ हजार ६ सय ७३ ले तेस्रो किस्ताबापतको रकम बुझेको कार्यालयले जनाएको छ ।सरकारले पुस मसान्तसम्म दोस्रो र वैशाख मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि जिल्लामा पुनर्निर्माणले गति लिएको हो । सडक नपुगेका स्थानमा हेलिकोप्टरबाट समेत निर्माण सामग्री लगिएको छ ।  

रसुवामा ६ वटा गैरसरकारी संस्थाले नौ सय २६ वटा निजी घर निर्माण गरेका छन् । बतास फाउन्डेसनले एक सय ५२ वटा, रेडक्रस सोसाइटीले चार सय ३१, लुमन्तीले दुई सय ४६, एलडब्लुएफले ९१ र ओएम नेपालले ६ वटा घर पुनर्निर्माण सम्पन्न गरेका छन् । पुनर्निर्माणका लागि रसुवामा तीन अर्बभन्दा बढी रकम वितरण भएको छ ।