मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ता कमली
२०७५ मङ्सिर २७ बिहीबार ०६:३०:००
Read Time : < 1 मिनेट
प्रदेश

ल्होसारमा सार्वजनिक बिदाकाे माग गर्दै गुरुङ समुदाय

Read Time : < 1 मिनेट
शान्ता कमली
२०७५ मङ्सिर २७ बिहीबार ०६:३०:००

गुरुङ समुदायले तमु ल्होसार (पुस १५) मा राष्ट्रिय बिदा दिन सरकारसँग माग गरेका छन् । सरकारले तमु ल्होसारको बिदा कटौती गरेको भन्दै तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद लमजुङले प्रधानमन्त्रीसँग बिदा दिन माग गरेको हो ।

मंगलबार जिल्ला प्रशासन कार्यालय लमजुङमार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाउँदै परिषदले ल्होसारमा राष्ट्रिय बिदा पुनःस्थापित गर्न माग गरेको हो । नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक भएकाले यस किसिमको विविधतालाई सम्मान गर्दै सबै सामाजिक र धार्मिक समुहप्रति राज्यबाट समान व्यवहार हुनुपर्नेमा वर्तमान सरकारले यस बर्षदेखि सार्वजनिक विदाको सवालमा लिएको निर्णयले अन्यन्तै दुःखित र आक्रोसित बनाएको स्मरणपत्रमा उल्लेख छ ।

‘२०६२/२०६३ को जनआन्दोलनको सफलतासँगै गठित अन्तरिम सरकारले आदिवासी जनजातिहरुको सांस्कृतिक पहिचानलाई सम्मान गर्दै ३५.३ प्रतिशत जनताले आदिमकाल देखि मनाउदै आएको उधौली—उभौली, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघी—माघे संक्रान्ति गरी पाँच पर्वमा सार्वजनिक विदा दिएकोमा वर्तमान सरकारबाट भएको बिदा कटौतीको जनजाति समुदायले घोर भत्र्सना गर्दछौं’ पत्रमा उल्लेख गरिएको छ ।

सरकार सबै नेपालीको साझा अभिभावक हो, भन्ने अनुभुति गराउने बाटोतर्फ अघि बढ्नुको साटो बर्तमान सरकारले घोषणा गरेको १५ दिनको सार्वजनिक बिदाले सरकार एकल जाति, भाषा, संस्कार, संस्कृति र धर्मको पक्षमा मात्रै रहेको परिषदले जनाएको छ ।

तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सचिव मेन घले, लमजुङका अध्यक्ष ठाकुर प्रसाद गुरुङ, सचिव जिवराज घले, आदीबासी जनजाती अगुवाहरु खेमजंग गुरुङ, गमप्रसाद गुरुङ, हरिजंग तामाङगायतको टोली जिल्ला प्रशासन कर्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालमार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाएका थिए ।

#'तमु ल्होसार'