सामुद्रिक आँधी फेनी आइपुग्नुअघि भारतले तटीय क्षेत्रका करीब ८ लाख बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ ।
बंगालको खाडीमा उत्पन्न भएको चक्रवात फेनी शुक्रबार दिउँसोसम्ममा उडिसाको पुरी क्षेत्रमा आइपुग्ने भारतीय मौसम विभागले अनुमान गरेको छ । बिहीबारसम्ममा पुरी आसपासको क्षेत्रबाट करीब ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
करिब दुई सय किलोमिटर प्रतिघण्टामा अगाडि बढिरहेको आँधीबाट सतर्क रहन तामिलनाडु र आन्द्र प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ ।