१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ बैशाख १९ बिहीबार १६:५३:००
Read Time : < 1 मिनेट
समाचार

नयाँ शक्ति र फाेरमबीच एकता हुने निश्चत, मिति टुङ्गाे लाग्न बाँकी

Read Time : < 1 मिनेट
२०७६ बैशाख १९ बिहीबार १६:५३:००

नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम बीच पार्टी एकता हुने निश्चित भएकाे छ । अघिल्लो पटक गरिएको पार्टी एकता प्रक्रिया अन्तिम चरणमा भाँडिएका कारण नेताहरुले औपचारिक रुपमा पार्टी एकताको कुरा बाहिर ल्याएका छैनन् । 

दुवै पार्टीका वार्ता टाेलीका प्रतिनिधिहरूले एकताकाे लागि छलफल टुङ्ग्याएपछि एकता हुुने निश्चित भएकाे हाे । मिल्न बाँकी केही विषयमा दुई अध्यक्षले बसेर टुङ्गाे लाउने भएका छन् । एकतापछि बन्ने पार्टीमा दुवै अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवकाे स्पष्ट कार्यविभाजन गरिने नयाँ शक्तिका नेता नवराज सुवेदीले बताए ।'दुई पार्टीबीच एकतहुने निश्चित भइसक्याे, तर मिति भने टुङ्गाे लागेकाे छैन् । छलफल सकारात्मक भएकाे हुनाले एकताकाे मिति छिटै टुङ्गाे लाग्छ ।'

पार्टीकाे नाम समाजवादी पार्टी नेपाल अथवा नेपाल समाजवादी पार्टी राख्ने सहमति भएकाे उनले बताए । पार्टीकाे कार्यदिशा नवउदारवादी वा सम्यवादी नभई समाजवादी पार्टी हुने उनकाे भनाइ छ । 

एकिकरणपछि बन्ने पार्टीकाे झण्डा र चुनाव चिन्ह नयाँ हुने उनले बताए । साथै सरकारबाट संघीय समाजवादी फाेरम बाहिरीने विषयमासमेत छलफल भएकाे छ । 

एकताकाे लागि राजपासँग पनि पार्टी एकताकाे विषयमा छलफल भएकाे छ । नयाँ शक्तिकाे कार्यालयमा बाबुराम भट्ट्रराइसँग  राजपा नेताहरूले छलफल गरेका छन् ।