१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १९ बिहीबार ०८:५९:००
Read Time : < 1 मिनेट
प्रदेश

चार वर्षपछि बुस्ती विद्यालयको नयाँ भवन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १९ बिहीबार ०८:५९:००

भूकम्पले भत्किएको चार वर्षपछि बैतेश्वर गाउँपालिका–६ नाम्दुस्थित बुस्ती आधारभूत विद्यालयको नयाँ भवन बनेको छ । सिड्स इन्डियाको आर्थिक सहयोगमा दोलखाको ग्रामीण उद्यम विकास केन्द्रले आठकोठे पक्की भवन बनेको हो ।  कक्षा आठसम्म पढाइ हुने यस विद्यालयमा बुस्ती, डाँडागाउँ र नाम्दुसहितका गाउँबाट विद्यार्थी आउने गरेको प्रधानाध्यापक यज्ञप्रसाद घिमिरेले बताए ।

भवन निर्माणपछि पठन–पाठन गर्न सहज भएको उनले बताए । सिड्स इन्डियाका नेपाल प्रतिनिधि दीपक त्रिपाठीले दोलखा जिल्लाको विकासका लागि सहयोग गर्न सधैँ सकारात्मक रहेको बताए । भवन निर्माणमा एक करोड १६ लाख खर्च भएको ग्रामीण उद्यम विकास केन्द्रका कार्यकारी निर्देशक सुमन उप्रेतीले बताए । निर्भी कन्स्ट्रक्सनले ठेक्सा सम्झौताअनुसारको समयावधिभन्दा १५ महिनाअघि भवन निर्माण गरेको हो ।