मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रोहितराज पराजुली
२०७६ बैशाख १८ बुधबार ०९:२०:००
Read Time : > 1 मिनेट
प्रदेश

गण्डकी प्रदेशको हिउँदे अधिवेशनबाट ६ विधेयक पारित

Read Time : > 1 मिनेट
रोहितराज पराजुली
२०७६ बैशाख १८ बुधबार ०९:२०:००

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशनले ६ विधेयक पारित गरेको छ । साढे तीन महिना चलेको अधिवेशनले ६ विधेयक पारित गरेको हो । हिउँदे अधिवेशन २३ पुसमा सुरु भई ८ वैशाख मध्यराति अन्त्य भएको थियो ।  प्रदेश सभा सचिवालयका निमित्त सचिव हरिप्रसाद बास्तोलाका अनुसार १५ दिनमा १६ पटक बसेको बैठकले ६ विधेयक पारित र २ विधेयक पारित हुने प्रक्रियामा छन् ।

अधिवेशनले सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, बरपिपल, समी चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक, औद्योगिक व्यवसाय विधेयक, ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । यसैगरी प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको  विधेयक (प्रदेश सभा सचिवालय ऐन २०७५) र प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित हुने प्रक्रियमा छन् । 
यसकारण पास भएनन् दुई विधेयक
हिउँदे अधिवेशनले गरेका कामबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा सभामुख नेत्रनाथ अधिकारीले ११ असारमा संसदमा प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल भएको र विधायन समितिमा पटकपटक छलफल भए पनि प्रदेश सांसदसँगै संबैधानिक आयोगका सदस्यलगायत अन्यको मर्यादाक्रम नमिलेका कारण सहमति हुन नसकेको बताए । संघीय सरकारले सवारी तथा यातायातसम्बन्धी विधेयक बनाउने क्रममा रहेकाले केन्द्रमा विधेयक पास भएपछि मात्रै यसलाई अघि बढाउने गरी विधायन समितिमै छलफलका लागि राखिएको उनले बताए । 

गण्डकी प्रदेश सभाको यसअघि सम्पन्न पहिलो अर्थात् हिउँदे अधिवेशन २२ माघ ०७४ मा सुरु भएर २४ वैशाख ०७५ मा समाप्त भएको थियो । त्यस अवधिमा नौ विधेयक तथा नियमावली पारित भएका थिए । यसैगरी १६ जेठ ०७५ देखि ८ असोज ०७५ सम्म सञ्चालन भएको बर्खे अधिवेशनले ११ विधेयक, नियमावली र कार्यविधि पारित गरेको थियो ।