मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार १६:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कर्मचारी समायोजनका लागि आवेदन खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार १६:४७:००

बुधबारदेखि सरकारले कर्मचारी समायोजनका लागि आवेदन खुला गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्रकार सम्मेलन गरी कर्मचारी समायोजनका लागि डब्लूडब्लू डट समायोजन डट जिओभी डट एनपी ( www.samayojan.gov.np ) नामक वेबसाईटमा आवेदन दिन सकिने जानकारी दिएकाे हाे । 

कर्मचारी समायोजन कार्यका लागि आवश्यक वेबसाईटको समेत व्यवस्था गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले जानकारी दिए ।

सरकारले कर्मचारी समायोजनको कामलाई व्यवस्थित बनाउन सबै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिहरु, प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयहरु तथा सेवा संचालन गर्ने निकायहरुमा हेल्प डेस्क स्थापना गर्ने व्यवस्था मिलाइएको छ । 

सरकारले सबैभन्दा बढि कर्मचारी स्थानीय तहमा पठाउने भएको छ । कायम गरिएको दरबन्दी अनुसार स्थानीय तहमा सबै भन्दा बढि कर्मचारी ६७ हजार ५ सय ७ जना कर्मचारी व्यवस्था गरिएको पनि सहसचिव पनेरुले जानकारी दिए ।

त्यसैगरी प्रदेशमा २२ हजार ७ सय ५५ र संघमा ४७ हजार ९ सय २० जना कर्मचारीको व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्य क्षेत्रमा जान कर्मचारीहरुलाई निर्देशन दिए ।  उनले समायोजनमा जाने कर्मचारीहरुको सेवा, सुविधा कटौति नभएको पनि स्पष्ट पारे ।