मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १७ मंगलबार १०:५२:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश ५ सरकारले ३० विद्युतीय बस सञ्चालन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १७ मंगलबार १०:५२:००

प्रदेश ५ सरकारले ३० विद्युतीय बस सञ्चालनको तयारी गरेको छ । यातायात क्षेत्रलाई व्यवस्थित बनाउन ल्याएको विधेयकमा परिवहन प्राधिकरण बनाउने तथा सरकारले नै बस सेवा सञ्चालन गर्ने व्यवस्था गरेको हो ।सरकारले तयार पारेको ‘प्रदेश सवारी यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न विधेयक संसद्मा पेश गर्ने गरी मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ । प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीका अनुसार कम्पनी दर्ता,  सवारी दर्तादेखि चालक अनुमतिपत्र वितरणका सम्बन्धमा अझ कडाइ र व्यवस्थित गर्नेगरी ४५ पेजको विधेयक तयार भएको छ । 

लुम्बिनी क्षेत्रमा बस सञ्चालन गर्ने
मन्त्री चौधरीका अनुसार लुम्बिनी क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने विषयमा छलफल भएको बताए । ‘प्राधिकरण बनेपछि विद्युतीय बस सञ्चालनको बाटो खुल्छ,’ उनले भने । उनले प्रदेशमा ३० वटा विद्युतीय बस सरकारले सञ्चालन गर्ने योजनाका साथ विधेयक तयार पारेको बताए । सरकारले बस सञ्चालन गरेपछि निजी क्षेत्र प्रतिस्पर्धामा आउँदा यात्रुले सहज र गुणस्तरीय सेवा पाउने उनले बताए । उनले विधेयक संसद्बाट पारित भएपछि प्रधिकरणका लागि छुट्टै कार्यविधि बनाएर काम अगाडि बढाउने बताए । यो विधेयकलाई सरकारले चालू अधिवेसनमै संसद्मा लैजाने तयारी गरेको छ ।