मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १७ मंगलबार १०:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बालुवाटारको जग्गामा बैंकको लगानी, राष्ट्र बैंकद्वारा छानबिन सुरु

बालुवाटारको विवादास्पद जग्गा बैंकमा धितो रहेको विषयमा कुनै पनि बैंकले औपचारिक रूपमा बोल्न चाहेनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १७ मंगलबार १०:३५:००

सरकारबाट व्यक्तिका नाममा सारिएको बालुवाटारको जग्गामा बैंकहरूको लगानी रहेको खुलासा भएपछि नेपाल राष्ट्र बैंकले अध्ययन सुरु गरेको छ । नयाँ पत्रिकामा समाचार छापिएपछि केन्द्रीय बैंकले सोमबार नै सबै बैंकहरूसँग यस सम्बन्धमा विवरण माग गरेको हो । ‘बालुवाटारको विवादास्पद जग्गा बैंकमा धितो रहेको भन्ने चर्चा सुनिएपछि राष्ट्र बैंकले त्यसलाई गम्भीरताका साथ लिएको छ,’ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘हामीले सुपरिवेक्षण विभागलाई यसको विवरण संकलन गर्न निर्देशन दिइसकेका छौँ, विवरण चाँडै आउनेछ ।’ विवरण आएपछि मात्रै यस सम्बन्धमा अन्य कामकारबाही अघि बढ्नेछ । 

राष्ट्र बैंक नेतृत्वले निर्देशन दिएलगत्तै सुपरिवेक्षण विभागले सोमबार नै विवरण संकलन सुरु गरेको छ । बैंकहरूलाई बालुवाटारको विवादास्पद जग्गा धितोमा रहे–नरहेको, रहेको भए के–कति रहेको भन्नेलगायत विवरण माग गरेको हो । ‘अहिलेलाई हामीले अनौपचारिक रूपमै विवरण माग गरेका छौँ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘विभाग आफैँले पनि विवरण संकलन गर्ने काम गरिरहेको छ ।’

बालुवाटारको विवादास्पद जग्गा बैंकमा धितो रहेको विषयमा कुनै पनि बैंकले औपचारिक रूपमा बोल्न चाहेनन् । बैंकहरूले यस विषयमा विवरण संकलन भइरहेको बताएका छन् । 

यो पनि पढ्नुहोस् : बालुवाटारको जग्गा धितोमा, बैंकको ३० अर्ब संकटमा