मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दोर्दी गाउँपालिका ५ पाचोक बारीगाउँमा निर्माण गरिएको रमन गुरुङको एककोठे भुकम्प प्रतिरोधात्मक घर । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका
२०७६ बैशाख १७ मंगलबार १०:१२:००
Read Time : < 1 मिनेट
समाचार

लमजुङकाे दोर्दी-५ पाचोक बारीगाउँका भूकम्पपीडितले पाए नयाँ घर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १७ मंगलबार १०:१२:००

भूकम्प गएको चार वर्षपछि दोर्दी गाउँपालिका–५ पाचोक बारीगाउँका भूकम्पपीडितले नयाँ घर पाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अति जोखीमको सूचीमा राखेको पाचोक बारीगाउँका चार परिवारले नयाँ घर पाएका हुन् । 

युके एडको आर्थिक सहयोग डिएफआइडीको व्यावस्थापन, प्राक्टिकल एक्सनएड कोडको साझेदारी र जनचेतना अभिवृद्धि र विकास अध्ययन समितिद्वारा सञ्चालित ‘कोही पछि नछुटुन् (लिभ नो अन बिहाइन्ड) परियोजनाले दोर्दी गाउँपालिका–५ पाचोक बारीगाउँमा एककोठे एक र दुईकोठे घर निर्माण गरेको परियोजना संयोजक भोलानाथ सिलवालले बताए । 

पाचोक बारीगाउँका ६६ वर्षीया वृद्धा मैसरी गुरुङले यति सजिलैसित घर पाइएला भनेर नचिताएको बताइन् । भूकम्पपछि घर बनाउने तयारी गरे पनि आवश्यक पैसा नहुँदा उनीहरूको घर बनाउने इच्छा पूरा हुन सकेको थिए । नयाँ घर पाएपछि सोही ठाउँका सुकबर गुरुङ पनि निकै खुसी भएका छन् । ‘घर नबन्दा निकै समस्या झेल्नुपरेको थियो,’ उनले भने, कहिले मकैबारी त कहिले छाप्रोमा बस्थ्यौँ ।’ आपत्मा पर्दा सहयोग गर्नेहरूको उनले प्रशंसा गरे ।