१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १६ सोमबार १९:०६:००
Read Time : > 1 मिनेट
समाचार

नेपाल-चीनका राष्ट्रपतिबीच भेटवार्ता, ७ वटा सम्झाैतामा हस्ताक्षर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १६ सोमबार १९:०६:००

गणतान्त्रिक नेपालका राष्ट्रप्रमुखबाट पहिलो पटक भएको राजकीय भ्रमणलाई चीनले भब्य सम्मान दिएको छ । सोमबार अपरान्ह ‘ग्रेट हल अफ दी पिपुल’को ‘पब्लिक स्क्वायर’मा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा चीनका राष्ट्रपति सी जिनपिङले स्वागत समारोह आयोजना गरेका थिए । 

चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका पोलिटब्युरो सदस्य, केन्द्रीय सचिवालयका सचिव तथा केन्द्रीय कार्यलयका निर्देशक तिङ सुयसियाङ, पोलिटब्युरो सदस्य केन्द्रीय परराष्ट्रमामिला हेर्ने कार्यालयका निद्रेशक याङ जेयची, नेशनल पिपुल्स कंग्रेसका केन्द्रीय समितिका उपाध्यक्ष, उ वैहुवा, स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यी लगायतका विशिष्ट अधिकारीहरु समारोहमा उपस्थित थिए । कार्यक्रममा  सैनिक अर्केष्टाले दुवै देशकाे राष्ट्रिय गीत बजाएका थिए ।

चिनियाँ जनमुक्ति सेनाले भण्डारीलाई २१ तोपको सलामी दिइएको थियो । साथै बालबालिकाले हातमा फुल लहराउँदै भण्डारीलाई स्वागत गरेका थिए । स्वागतपछि भण्डारी र सी सम्मिलित दुवै देशका प्रतिनिधि मण्डलबीच द्विपक्षीय छलफल भएको थियो । सीले मदन भण्डारीको प्रसंगको उठाउँदै आफ्नो भनाइ सुरु गरेका थिए । 

‘स्वर्गीय मदन भण्डारी चीनको नजिकको मित्र हुनुहुन्थ्यो । उहाँको सम्झना गर्दै हामीले दुई देशको मित्रतालाई प्रगाढ बनाउँदै लैजानु पर्छ ।’ सीले सुरुवातमा भनेका थिए । जवाफमा दुवै देशले हाम्रा प्राथमिकता विषय पहिचान गरेर कार्यान्वयनमा जोड दिनु पर्ने भण्डारीले बताएकी थिइन् । साथै उनले वार्तामा भण्डारीले 'वेल्ट एण्ड रोड फोरम'को सफल आयोजना गरेकोमा बधाइ ज्ञापन गरेकी थिइन् ।

‘दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन आवतजावत सहज पार्ने, पर्यटन, कृषि उद्योग र शिक्षामा लगानी र सहकार्य गरी जीवन स्तर उकास्ने विषयमा दुई राष्ट्रपतिबीच छलफल भएकाे थियो,’ नेपाली नियोगका उपप्रमुख सुशीलकुमार लम्सालले नयाँ पत्रिकासँग भने । सीले भण्डारीको 'वेल्ट एण्ड रोड फोरम'को सहभागिताको लागि खुशी व्यक्त गर्दै एक चीन नीतिको लागि आभार व्यक्त गरेका थिए । समृद्ध नेपाल खुशी नेपालीलाई साकार पार्न चीनको साथ रहने बताएका थिए । 

भेटमा राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको निम्ताे दिएकी थिइन् । सदा झै सीले दुवै देशलाई पायक पर्ने गरी नेपाल भ्रमणमा आउने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालले सन् २०२० लाई भ्रमण वर्ष आयोजना गरेकोमा चिनियाँलाई नेपाल जान प्रेरित गरेर त्यसलाई सफल पार्ने प्रतिबद्धता जनाएका थिए । दुवै राष्ट्रपतिको उपस्थितिमा दुई देशबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको छ । त्यसमा सन् २०१६ मा भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको छ । 

त्यसमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका तर्फबाट यातायातमन्त्री ली सियाओफङले हस्ताक्षर गरेका थिए । यसले अब नेपाल चीनका बन्दरगाह प्रयोग गरी तेस्रो मुलुकसँग व्यापार गर्ने बाटोलाई वैधानिकता दिएको छ । चिनियाँ सहायताका परियोजनाको मर्मत तथा सम्भारका लागि अनुदानसहायता सम्झौतामा हस्ताक्षर भएको छ । 

त्यसैगरी आर्थिक तथा प्राविधिक सहकार्य सम्झौता, नेपालको उत्तरी क्षेत्रमा जिविकोपार्जनमा सहायतासम्बन्धी सम्झौता, भन्सारमा सहकार्य तथा प्रशसनिक सहकार्यसम्बन्धि सम्झौता, नेपाली गुणस्तर गुणस्तर तथा मापदण्ड विभाग र चीनको गुणस्तर प्रशासन सहकार्यसम्बन्धि, भदारीपत्र र नेपालबाट चीनमा साँस्कृतिक सम्पदाको अवैध ओसारपसार एवम् चोरी निकासी रोक्ने सम्झौतामा हस्ताक्षर भएको छ । 

द्विपक्षीय भेटपछि चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य च्राओ लचीले भण्डारीसग शिष्टाचार भेट गरेका थिए । साझ च्राओले राष्ट्रपति सीको तर्फबाट भण्डारीको सम्मानमा रात्रि भोजको आयोजना गरेका थिए । मंगलबार राष्ट्रपति भण्डारी तिब्बततर्फ जाँदै छिन्  ।