१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार १६:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

पहिलो विश्वयुद्धपछि अमेरिकातर्फ सिफ्ट भएकाे विश्व राजनीतिक व्यवस्था एसियातर्फ सर्दैछ : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार १६:११:००

संविधानका केहि आधारभुत प्रश्नहरुका बारेमा फेरि आशंका पैदा हुन थालेको हो कि भन्ने मलाई लागेको छ । आफ्नै मौलिकतामा विकसित गरेको शान्ति प्रकृया र संविधान निर्माणमा सबैको साझा जिम्मेवारी छ ।

नयाँ सिस्टम भएको हुनाले थुप्रै ऐनहरु निर्माण गर्नु मुख्य जिम्मेवारी थियो । विकास र समृद्धिको काम पहिलो हो कि भनेजस्तो गरी व्याख्या हुने गरेको छ तर सिस्टम नै नयाँ भएकाले संविधानको मर्म र भावना अनुसार ऐन बनाउने हाम्रो पहिलो दायित्वमा छ । सरकारले संविधानको मर्म र भावना अनुसार ऐनहरु (मौलिक अधिकार सम्बन्धि) समयमै निर्माण ग¥यो ।

ऐन निर्माणमा सबैको सहमति आवश्यक छ । सत्तापक्ष र प्रतिपक्षको अलगअलग विषय होइन, सबैको साझा विषय हो । जनताले हेर्दा तुरुन्तै परिणाम नदेखिने तर राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नगरी नहुने काम सरकारले गरेको छ ।

नयाँ सिस्टम भएको हुनाले थुप्रै ऐनहरु निर्माण गर्नु मुख्य जिम्मेवारी थियो । विकास र समृद्धिको काम पहिलो हो कि भनेजस्तो गरी व्याख्या हुने गरेको छ तर सिस्टम नै नयाँ भएकाले संविधानको मर्म र भावना अनुसार ऐन बनाउने हाम्रो पहिलो दायित्वमा छ । सरकारले संविधानको मर्म र भावना अनुसार ऐनहरु (मौलिक अधिकार सम्बन्धि) समयमै निर्माण ग-यो । ऐन निर्माणमा सबैको सहमति आवश्यक छ । सत्तापक्ष र प्रतिपक्षको अलगअलग विषय होइन, सबैको साझा विषय हो ।

अध्यक्ष प्रचण्डले विश्व राजनीतिमा नयाँ समिकरण र नयाँ शक्तिका केन्द्रहरु बन्ने प्रकृयाका लक्षणहरु देखिएको बताए । उनले पहिलो विश्वयुद्धपछि अमेरिकातर्फ सिफ्ट भएको र विश्व व्यवस्था एसियातर्फ सिफ्ट हुँदै गएको पनि बताए । उनले भने,‘पश्चिमबाट एसियातर्फ फर्किने सहज कुरा होइन, ठुल्ठूला राजनीतिक उथलपुथल ल्याउन सक्छ ।’
उनले हिजोका सपना अब विपना भएको जिकिर गरे । चीनबाट आउने रेल काठमाडौँ, पोखरा, लुम्बनी लानेमा उत्साहवद्र्धक वातावरण तयार भएको पनि उनले बताए ।

मास्क लाउनेकाे संख्या घट्याे

उनले बर्खापछिको काठमाडौँमा जहाँ जाँदापनि मास्क लगाएका मान्छेमात्र भेटिने गरेको र अहिले मास्क लाउने जनसंख्या घटेको दाबी गरे । उनले आफ्नो निवास खुमलटार गएको एक वर्षसम्म धुलोमैलोमा हिँड्नुपरेको तर, अहिले त्यस्तो स्थिति नरहेको पनि दाबी गरे ।

राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नेपालको इज्जत बढ्याे

अध्यक्ष प्रचण्डले लोकतन्त्र र राष्ट्रको एकता, स्वाधिनता र लोकतान्त्रिक प्रणालीप्रतिको त्यागलाई हेरेर नै जनताले नेकपालाई ठूलो अवसर दिएको बताएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा शान्ति, संविधान, गणतन्त्र र स्थिर सरकारका कारण नेपालको इज्जत बढेको बताए ।