१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७५ पौष ११ बुधबार १६:२९:००
Read Time : < 1 मिनेट
समाचार

थाइल्याण्डले गाँजामाथिको प्रतिबन्ध हटायो

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष ११ बुधबार १६:२९:००

थाइल्याण्डले गाँजामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । मंगलबारले संसदले लागुऔषधसम्बन्धि कानुन संशोधन पास गर्दै औधषीका रुपमा गाँजा प्रयोग गर्न खुला गरेको हो ।

थाइल्याण्डमा परम्परागत रुपमा दुखाइ कम गर्ने औषधीका रुपमा गाँजा प्रयोग हुने गरेको थियो । यो संशोधनसँगै थाइल्याण्ड गाँजाको प्रयोग खुला गर्ने दक्षिणपूर्वी एसियाको पहिलो मुलुक बनेको छ ।

नयाँ प्रावधानले गाँजाबाट औषधी उत्पादन गर्ने, आयात तथा निर्यात गर्ने र प्रयोग गर्न खुला गरेको छ । तर, औषधीबाहेकका अन्य प्रयोग भने निषेधित नै हुने छ ।