मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज १ सोमबार १९:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१०३ प्रकारका औषधि उत्पादन र बिक्री वितरणमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज १ सोमबार १९:०१:००

औषधि व्यवस्था विभागले विभिन्न १०३ प्रकारका प्रतिजैविक औषधिको उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ। औषधि सल्लाहकार समितिको सिफारिसअनुसार विभागले विभिन्न औषधि बिक्री वितरणमा रोक लगाएको हो।

विश्व स्वास्थ्य संगठनबाट सिफारिस नगरिएका १०३ प्रकारका प्रतिजैविक औषधिहरूको दर्ता, नवीकरण, पैठारी र प्रयोगसमेत नगर्न विभागले सचेत गराएको छ। नेपाली उद्योगले अब यस्ता औषधिको समिश्रण र सोको कच्चा पदार्थको थप–नयाँ दर्ता, पैठारी दर्ता र पैठारी सिफारिस प्रमाणपत्रसमेत पाउनेछैनन्।