मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ बैशाख १३ शुक्रबार ०७:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकारी अस्पतालमा महँगा उपकरण थन्किएकोबारे  अख्तियारको चासो

एक साताभित्र विवरण दिन निर्देशन

Read Time : < 1 मिनेट
२०७६ बैशाख १३ शुक्रबार ०७:३२:००

नयाँ पत्रिका फलोअप

सरकारी अस्पतालमा महँगा उपकरण खरिद गरी थन्क्याएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालयसँग जवाफ मागेको छ । अख्तियारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरमा थन्क्याइएका उपकरणको विवरण मागेको हो । 

उपकरण प्रयोग नगरी सेवा अवरुद्ध हुँदासमेत मन्त्रालय मौन बसेपछि अख्तियारले एक हप्ताभित्र विवरण पठाउन भनेको छ । ‘राष्ट्रिय ट्रमा सेन्टरमा सिटी एन्जिओग्राम, इन्ट्राअपरेटिभ सिटिस्क्यान मेसिन, एक्सरे मेसिन अस्पतालमा हुँदाहुँदै सञ्चालनमा नआएको, करोडौँ मूल्य पर्ने उपकरण थन्किएर बसेको, राष्ट्रिय प्रत्यारोपण केन्द्रमा क्याथ ल्याबका लागि आवश्यक पर्ने उपकरण पर्याप्त हुँदा पनि प्रयोगमा नल्याई थन्किएर रहेको भन्ने आएको यथार्थ विवरणसहितको राय एक साताभित्र पठाउनुहोला,’ अख्तियारको पत्रमा उल्लेख छ । २२ फागुनमा नयाँ पत्रिकाले ‘भारतले दिएको आठ करोडको मेसिन तीन वर्षदेखि स्टोरमै’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

अख्तियारको पत्रपछि मन्त्रालयले अनुगमन गर्न विशेषज्ञ टोली खटाएको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा. सुशीलनाथ प्याकु¥यालको संयोजकत्वमा गठन गरेको समितिले बुधबार राष्ट्रिय ट्रमा सेन्टरको अनुगमन गरेको हो । टोलीमा डा. दीपेन्द्ररमण सिंह, कानुन उपसचिव पुष्कर नेपाल र अर्का उपसचिव रामहरि लामिछाने थिए । उपसचिव नेपालले अख्तियारको आदेशपत्रका आधारमा अनुगमन गर्न गएको बताए । 

‘अस्पतालले महँगा उपकरण खरिद गरेर पनि सञ्चालनमा नल्याएको पाइयो । ट्रमा सेन्टरमा इन्ट्राअपरेटिभ सिटिस्क्यान मेसिन, एक्सरे मेसिन, इमर्जेन्सी एक्सरे मेसिन, सिटिस्क्यान क्याथ ल्याब खरिद गरी थन्क्याएको अवस्थामा फेला पर्‍यो,’ नेपालले भने ।