मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तेजराज भट्ट
२०७५ पौष ११ बुधबार १०:१९:००
Read Time : < 1 मिनेट
समाचार

दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

Read Time : < 1 मिनेट
तेजराज भट्ट
२०७५ पौष ११ बुधबार १०:१९:००

'नेपाल आइडल सिजन २' का विजेता रवि ओडकी आमा विष्नादेवी ओडको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान पम्पबाट पानी तान्ने क्रममा करेन्ट लागेपछि घाइते विष्नादेवीलाई  अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। 

बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन्। तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेको हो । उपचारका लागि  पद्मा अस्पताल पुर्‍याइएको उनलाई सेती अञ्चल अस्पताल रेफर गरेको थियो । सेती अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै  मृत्यु भइसकेकाे  सेती अञ्चल अस्पतालका इमर्जेन्सी इन्चार्ज कृष्णबहादुर बोहराले बताए । 

दोस्रो नेपाल आइडलको उपाधि जितेका रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै व्यस्त छन् । जन्म दिने आमालाई पहिले नै गुमाइसकेका रविका तीन भाइ र दुई बहिनी छन्। रविसहित उनका भाइबहिनीलाई विष्नाले नै हुर्काएकी थिइन्। रविका बुबा कामकाे सिलसिलामा भारतमा रहेका छन् ।