मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केशव गुरुङ
२०७६ बैशाख १२ बिहीबार १८:२२:००
Read Time : < 1 मिनेट
प्रदेश

विद्यालयमा भूकम्प मापन यन्त्र जडान

Read Time : < 1 मिनेट
केशव गुरुङ
२०७६ बैशाख १२ बिहीबार १८:२२:००

गोरखा नगरपालिका-६ छहरेको बालमन्दिर माविमा भूकम्प मापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । सिस्मोलोजी एट स्कुल नामक संस्थाले बिद्यालयमा यन्त्र जडान गरिदिएको हो ।

देशभर २२ वटा बिद्यालयमा जडान गर्ने संस्थाको लक्ष्य अनुसार जिल्लाको दुई विद्यालय छनोटमा परेका हुन् । बालमन्दिर पश्चात यन्त्र जडानका लागि प्राविधिक टोली बारपाकको हिमालय मावि पुगेको छ । बिद्यालयमा जडान गरिएको सिस्मोमिटरले विश्वभर गएको भूकम्प बारे जानकारी दिने बालमन्दिर माविका प्रधानाध्यापक लुमनाथ लामिछानेले बताए । ‘कति रेक्टर स्केलको भूकम्प गयो, केन्द्रविन्दु कहाँ भयो सबै यही यन्त्रबाट थाहा पाउन सकिन्छ,’ उनले भने, ‘यन्त्र जडानका लागि विद्यालयले आवश्यक पूर्वाधार पहिले नै तयार गरेको हो ।’ 

एउटा छुट्टै कोठा रहेको र एउटा कम्प्युटर जडान गरेको उनले बताए । ‘छुट्टै कोठा व्यवस्था गरेका छौं, नेटका लागि वाइफाइ छ,’ उनले भने, ‘२४ सै घण्टा विद्युत सेवाका लागि व्याकअप पनि जडान गरेका छौ ।’ विद्यालयका तीन शिक्षकले यस अघि नै पोखरामा यन्त्र सम्बन्धि दुई दिने तालिम लिइसकेको लामिछानेले बताए । सिस्मोमिटरबारे विद्यार्थीलाई पनि जानकारी गराइएको उनले जानकारी दिए ।