मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १२ बिहीबार १६:००:००
Read Time : < 1 मिनेट
समाचार

भूकम्प गएको चार वर्ष पुगेकै दिन पुनर्निर्माण इन्जिनियरहरुद्वारा सामूहिक राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १२ बिहीबार १६:००:००

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले भूकम्प गएको चार वर्ष पुगेकै दिन बिहीबार सामूहिक राजीनामा दिएका छन् । 

भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । ४ वर्ष अघि विनाशकारी भूकम्प गएको स्मृतिमा देशभर विभिन्न कार्यक्रम भइरहँदा पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भने काठमाडौंमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको जानकारी गराएका छन् ।

भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउन राखेकाे माग नौं महिनासम्म पनि सरकारले सुनुवाई नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इन्निनियरहरु सामूहिक राजीनामा दिन बाध्य हुनु परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले जानकारी दिए ।

नौं महिनायता कटौति गरिएको भत्तालगायतका सेवा, सुविधा उपलब्ध गराउन उनीहरुले सरकारसँग माग राखेर आन्दोलन गर्दै आएका थिए । तर सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दिनु परेको समितिका अध्यक्ष अमरको भनाई छ । सरकारले माग सम्बोधन गरे पुनर्निर्माणको काममा पुन: फर्कने प्रतिवद्धता पनि समितिले जनाएको छ ।

पुनर्निर्माणमा खटिएका करिब १ हजार ५ सय इन्जिनियरहरु गत २५ फागुनबाट आन्दोलन सुरु गरेका थिए ।