१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ बैशाख १२ बिहीबार ०६:४०:००
Read Time : < 1 मिनेट
समाचार

दुई सय ९५ विद्यालय पुनर्निर्माण

Read Time : < 1 मिनेट
२०७६ बैशाख १२ बिहीबार ०६:४०:००

भूकम्पले क्षति भएका काभ्रेका ७२ प्रतिशत विद्यालय पुनर्निर्माण गरिएका छन् । बाँकी विद्यालय पनि पुनर्निर्र्माणका क्रममा रहेका जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) शाखाले जनाएको छ । जिल्ला आयोजना कार्यान्वनय एकाइका इन्जिनियर शोभित श्रेष्ठले विद्यालय पुनर्निर्माण सन्तोषजनक रहेको बताए । उनका अनुसार बुधबारसम्म पूर्ण र आंशिक गरेर दुई सय ९५ विद्यालय भवन पुनर्निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । त्यस्तै, ९५ विद्यालय भवन अन्तिम चरणमा पुगेको पनि उनले बताए । 

एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण थालिएका २८ मध्ये २१ वटा विद्यालय भवन निर्माण भएको जनाएको छ । बाँकी सातवटा विद्यालय निर्माणको अन्तिम चरणमा पुगेको इन्जिनियर श्रेष्ठले बताए । जिल्लाका पाँच सय ८७ सामुदायिक विद्यालयमध्ये तीन सय ५३ पूर्ण र एक सय ७४ विद्यालयमा आंशिक क्षति पुगेको थियो । आयोजना कार्यान्वयन एकाइको तथ्यांकअनुसार पाँच हजार दुई सय २० कक्षाकोठामध्ये नौ सय ५४ पूर्ण, नौ सय १४ आंशिक र एक हजार चार सय ८३ कक्षाकोठामा सामान्य क्षति भएको थियो ।