१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १२ बिहीबार ०६:२३:००
Read Time : < 1 मिनेट
समाचार

पुनर्निर्माण सम्मेलन आजबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १२ बिहीबार ०६:२३:००

भूकम्पपछिको पुनर्निर्माण योजनाबारे भक्तपुरमा तीनदिने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । बिहीबार सुरु हुने सम्मेलनमा सहभागी हुन देशी–विदेशी विज्ञ टोली भक्तपुर आइपुगेका छन् । ०७२ को भूकम्पलाई स्मरण गर्दै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले संयुक्त रूपमा सम्मेलन आयोजना गरेका हुन् ।

सिकाइ आदानप्रदान र भूकम्पपछिको पुनर्निर्माणमा सहयोग पु-याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इन्जिनियर सुजन माकले बताए । सम्मेलनमा भूकम्प र पुनर्निर्माणका क्षेत्रका विज्ञ सहभागी हुनेछन् । छिमेकी राष्ट्रहरू भारत, चीन, जापान, बेलायत र दक्षिण कोरियामा भूकम्प, भुकम्पीय जोखिम र पुनर्निर्माणका विषयमा अनुभवी विज्ञबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ । 

लिवालीस्थित कलेज प्रांगणमा हुने सम्मेलनमा जनप्रतिनिधि, प्राध्यापक, पुनर्निर्माणमा संलग्न विज्ञ, अनुसन्धानकर्ता, शिक्षक, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी र इन्जिनियरिङका विद्यार्थीसमेत सहभागी हुने माकले बताए । उनले भने, ‘भूकम्पबाट नेपालमात्रै हैन, थुपै्र देश समस्यामा छन्, ती देश र हाम्रो देशमा के–कस्ता फरक र समानता छन्, अनुभव आदानप्रदानसँगै नयाँ ज्ञान पनि आर्जन हुन्छ ।’