Skip This
संसद् अवराेधलाई निरन्तरता दिँदा एमाले एक्लियो : जितेन्द्र देव
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् अवराेधलाई निरन्तरता दिँदा एमाले एक्लियो : जितेन्द्र देव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o५:oo

सत्तारूढ प्रमुख घटक कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद् अवरुद्ध पार्ने कामलाई निरन्तरता दिन थालेपछि प्रमुख प्रतिपक्ष एमाले एक्लिँदै गएको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विनाकारण संसद् बैठक अवरोध गर्ने कामलाई निरन्तरता दिएपछि प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले समेत एमालेको साथ छोडेको दाबी गरे।

उनले बुद्धिजीवी, मिडिया, अन्तर्राष्ट्रिय समुदायले समेत संसद् अवरुद्ध पार्ने एमालेको कामलाई साथ नदिएको जिकिरसमेत गरे। सांसद देवले डेमोक्रेसीको प्राणवायु संसद् भए पनि एमालेले त्यसलाई चल्न नदिएर गम्भीर समस्या खडा गरेको आरोपसमेत लगाए।

उनले सत्तारूढ दलले पाँच वर्ष नै सरकार चलाउने गरी मुलुकलाई राजनीतिक स्थायित्व दिइरहेका वेला प्रतिपक्ष एमालेले त्यसविरुद्ध अनेक चलखेल गर्नु उचित नभएको तर्कसमेत गरे। त्यस अवसरमा सांसद देवले पाँच वर्षसम्म मुलुक सत्तारूढ गठबन्धनकै नेतृत्व चल्नेसमेत बताए।