मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १० मंगलबार १८:१५:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव समुहका नेता ओलीसहित ६ जना पुर्पक्षका लागि जेल चलान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १० मंगलबार १८:१५:००

ललितपुरस्थित नख्खुमा दुई महिनाअघि बम बिष्फोटमा संलग्न भएकाे आरोपमा पक्राउ परेका नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना जेल चलान भएका छन् । पोलिटब्यूरो सदस्य हेमन्तप्रकाश ओलीसहित ६ जनालाई ललितपुर जिल्ला अदालतले मंगलबार जेल चलानको आदेश दिएको हो । 

ओलीसहित शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परियार र वीर बहादुर कठायत जेल चलान भएको ललितपुर प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्दा चलेको थियो । 

गत १० फागुनमा सो समूहले नख्खुमा एनसेलको कार्यालयलाई लक्षित गरी गराएको बिष्फोटमा सिंहप्रताप गुरुङको मृत्यु भएको थियो । हिंसात्मक घटना बढाउँदै लगेपछि विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाइसकेको छ ।