मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नारायण विश्वकर्मा 
२०७६ बैशाख ९ सोमबार २१:२३:००
Read Time : < 1 मिनेट
समाचार

स्याङ्जामा ३२ वर्षीय गैरे नेकपाका अध्यक्ष चयन

Read Time : < 1 मिनेट
नारायण विश्वकर्मा 
२०७६ बैशाख ९ सोमबार २१:२३:००

पार्टी एकीकरणको वर्ष दिनपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ । नेकपाले साेमबार काठमाडाैंस्थित सभागृहमा कार्यक्रम आयाेजना गरी सबै जिल्लाका अध्यक्ष र सचिवकाे नाम सार्वजनिक गरेकाे हाे ।

जिल्ला नेतृत्व चयन गर्ने क्रममा नेकपाले स्याङ्जा जिल्लामा ३२ वर्षीय सूर्य प्रसाद गैरे अध्यक्ष चयन गरेकाे छ । पूर्व एमाले र माओवादी केन्द्रबीच भएकाे भागबण्डामा पूर्व माओवादी केन्द्रका तर्फबाट गैरे अध्यक्ष भएका हुन् ।

गल्याङ नगरपालिका, ९ का गैरे १५ वर्षको उमेरमा माओवादी शसस्त्र द्वन्द्वमा होमिएका थिए । उनी १२ वर्षकाे उमेरमै अनेरास्ववियु (क्रान्तिकारी) सदस्य बनेका थिए । पार्टीले जिल्लाकाे संयोजक वा अध्यक्षले नै नेतृत्व गर्ने गरी भएकाे सहमतिअनुसार एकता पश्चात उनी अध्यक्ष भएका हुन् । 

अध्यक्ष गैरे गत निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ को (ख)बाट कांग्रेस उम्मेदवार भगवत प्रकाश मल्लसँग पराजित भएका थिए । अध्यक्षमा चयन भएसँगै उनले लामो समयदेखिको बलिदानलाई पार्टीले मूल्याङकन गरेको बताए ।

त्यस्तै, जिल्ला सचिवमा पूर्व एमालेका अध्यक्ष मिन बहादुर गुरुङ चयन भएका छन् । उनी पूर्व एमालेमा हुँदा विभिन्न पदमा रही काम गरी जिल्ला अध्यक्षसम्म बनेका थिए ।