१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार २०:२२:००
Read Time : < 1 मिनेट
समाचार

चट्याङ लागेर घरमा आगलागी हुँदा २० लाख क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार २०:२२:००

तेह्रथुम म्याङ्लुङ नगरपालिका–२ मा चट्याङ लागेर विद्युतसर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय पदम भुजेलको घरमा साेमबार दिउँसो ३ बजे लागेको आगोले करिब २० लाख मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

आगोलागी हुँदा घरमा डेरा गरी बस्ने आठराई गाउँपालिका–२ खाम्लालुङकी दीपा लिम्बूको भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, गरगहनालगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । घरमा कोही नभएका अवस्थामा आगलागी भएकाले मानवीय क्षति हुन नपाएकाे स्थानीयवासी मानबहादुर लिम्बूले बताए । “चट्याङसहित भिषण वर्षा भएको पाँच मिनेट नबित्दै घरबाट धुवाँ निस्कन थाल्यो”, प्रत्यक्षदर्शी मनोज लिम्बूले भने । 

आगाे लागेपछि स्थानीयवासी, सेना र प्रहरीले दुई घण्टापछि मात्र आगो नियन्त्रणमा लिएका थिए । घर धनी भुजेल लालीगुराँस नगरपालिकाको वसन्तपुर बजारमा बस्दै आएका थिए ।