१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
केशव गुरुङ
२०७६ बैशाख ९ सोमबार २०:१२:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव समुहका जनपरिषद प्रमुखसहित दुई पक्राउ 

Read Time : < 1 मिनेट
केशव गुरुङ
२०७६ बैशाख ९ सोमबार २०:१२:००

नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका गोरखा जिल्ला जनपरिषद प्रमुख विष्णु प्रसाद रिजालाई पक्राउ परेका छन् । उनलाई गण्डकी गाउँपालिका, ८ ध्याल्चोकस्थिती घरबाट  पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो । 

माघदेखि सम्पर्कविहीन रहेका रिजाल जिल्लाकै एनसेल टावरमा भएको आगजनीको घटनामा संलग्न रहेको प्रहरीको आशंका छ । उनलाई राज्यद्रोहअन्तर्गको मुद्दा दर्ता हुने एसपी भोला रावलले बताए । 

यस्तै विप्लव नेतृत्वको नेकपा सम्बद्ध आखिल क्रान्त्किारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे ‘अटल’लाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई गोरखाको भीमसेन थापा गाउँपालिका, ६ अश्राङस्थित घरबाट पक्राउ गरिएको एसपी रावलले बताए । चितवनमा बस्दै आएको पाण्डेलाई धादिङमा एनसेल टावरमा आक्रमण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धादिङ पठाएको उनले जानकारी दिए ।