१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ बैशाख ९ सोमबार १९:५३:००
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएलः राजस्थानविरुद्ध दिल्लीले बलिङ रोज्यो, सन्दीप प्लेइङ ११मा परेनन्

Read Time : < 1 मिनेट
२०७६ बैशाख ९ सोमबार १९:५३:००

इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले टस जितेर राजस्थान रोयल्सविरुद्ध बलिङ रोजेको छ । जयपुरमा हुने खेलमा दिल्लीले प्लेइङ ११ मा शनिबार पन्जाबविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई राखेको छैन । उनको स्थानमा क्रिश मोरिस खेल्ने छन् ।

आइपिएलको अंक तालिकामा दिल्ली तेस्रो स्थानमा छ भने राजस्थान सातौं स्थानमा छ । राजस्थानले ९ मध्ये तीन खेलमा मात्र जित हात पारेको छ भने ६ खेल हारेको छ । दिल्लीले १० मध्ये ६ खेलमा जित दर्ता गरेको छ ।