मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार १९:३९:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा लोकसभाका उम्मेदवार नै पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार १९:३९:००

भारतमा विभिन्न चरणमा भइरहेको लोकसभा निर्वाचनमा उम्मेदवार रहेका एक जना पक्राउ परेका छन् । विजु जनता दल (विजेडी)का तर्फबाट पिपिली निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका प्रदीप महारथीलाई प्रहरीले पक्राउ गरेको हो । 

निर्वाचनमा पैसा र बल प्रयोग गन खोजेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । उडिसा प्रदेशको २१ निर्वाचन क्षेत्रबाट निर्वाचित हुने एक सय ४७ सदस्यका लागि चार चरणमा मतदान हुन लागेको छ । यसअघि पहिलो चरणको मतदान यही अप्रिल ११ तारिखका दिन र दोस्रो चरणको मतदान अप्रिल १८ तारिखका दिन भएको थियो । तेस्रो र चौथो चरणको मतदान यही अप्रिल २३ र २९ मा हुने भएको छ । 

भारतमा आउँदो मे १९ सम्ममा देशभरि नै मतदान सम्पन्न गरेर मे २३ मा नतिजा सार्वजनिक गर्ने निर्वाचन तालिका रहेको छ । एजेन्सी