१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस
२०७६ बैशाख ९ सोमबार १९:३१:००
Read Time : < 1 मिनेट
समाचार

'अधिनायकवादको बाटोमा सरकार'

Read Time : < 1 मिनेट
रासस
२०७६ बैशाख ९ सोमबार १९:३१:००

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले लोकतन्त्रको आवरणमा सरकार अधिनायकवादको बाटोमा गएको आरोप लगाएका छन् । सेना आफू खुशी चलाउछु भन्ने खालले सरकारअगाडि बढेको भन्दै उनले 'कु'को तयारी त हैन ? भन्ने शंका उब्जिएको बताए । 

प्रधानमन्त्रीको विरोध गर्दै कालो झण्डा देखाउनेलाई मुद्दा लगाउने कार्य शैलीको उनले विरोध गरे । सोमबार बुटवलमा आयोजित कार्यक्रममा केसीले गफ र हावादारी सपनाबाट मुलुकमा समृद्धि नआउने भन्दै अहिलेको सरकारले खोक्रा भाषण र प्रचारबाजीमै समय खर्चेको धारणा राखे । 

प्रधानमन्त्री निवासको जग्गासमेत सुरक्षित नरहेको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रिय लुटको महायात्रामा बालुवाटार गै सक्यो, अब सिंहदरबार, टुडिखेल पनि जान सक्छ ।’ उनले राष्ट्रिय सम्पत्ति रक्षाका लागि गलत काम गर्ने सबैलाई कारवाही गर्न सरकारले दृढ हुनु पर्ने बताए ।