मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख ९ सोमबार १७:५५:००
Read Time : < 1 मिनेट
समाचार

शान्ति सुरक्षा माग्दै चक्का जाम

Read Time : < 1 मिनेट
२०७६ बैशाख ९ सोमबार १७:५५:००

श्रृंखलाबद्ध अपराधका घटनामा प्रहरीले चित्त बुझ्दो अनुसन्धान नगरेको भन्दै सोमबार स्थानीयले पथरीमा बजारसहित राजमार्ग बन्द गरेका छन् ।पथरी शनिश्चरे नगरपालिका र आसपासका क्षेत्रमा बढ्दै गएको अपराधिक घटना नियन्त्रण गर्न प्रहरी असफल भएको भन्दै स्थानीय आक्रोसित भएका हुन् ।

गत शनिबार २९ वर्षीय रुपा खड्काको शव नग्न अवस्थामा सडकमा फेला परेको थियो । हत्याको अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न माग गर्दै सोमबार इलाका प्रहरी ज्ञापनपत्र बुझाउन पुगेका थिए । प्रहरी निरीक्षक कमल बजगाईले ‘अनुसन्धान हुँदैछ समय लाग्छ’ भन्ने फितलो जवाफ दिएको भन्दै स्थानीय आक्रोशत बनेका थिए । उनीहरुले सडकमा टायर बालेर बजगाइको राजीनामा माग गर्दै प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।