१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार १७:४९:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश १ मा २०५ थान बन्दुक संकलन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार १७:४९:००

प्रदेश १ मा प्रहरीले विभिन्न जिल्लाबाट दुई सय ५ थान हतियार संकलन गरेको छ । गृह मन्त्रालयले गत चैत १ गते ३५ दिनभित्र हतियार बुझाउन गरेको सर्कुलरपछि वैसाख ८ गतेसम्म सो हतियार संकलन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको हो । 

संकलित हतियारमध्ये ९५ थान बैध र ३५ थान नविकरण तथा दर्ता नभएको जनाएको छ । सर्वसाधरण आफैले प्रहरीलाई हतियार बुझाएका थिए । संकलन भएको हतियारमध्ये सबैभन्दा बढी एक सय ६७ नाल भरुवा बन्दुक रहेको छ ।