१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार १६:४८:००
Read Time : < 1 मिनेट
समाचार

अचम्म लाग्छ, कांग्रेस कहाँ पुग्यो : ‌ केपी ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार १६:४८:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेस गलत र अलोकतान्त्रिक बाटोमा हिडेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औँ वार्षिकोत्सवकाे अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई लोकतान्त्रिक भन्ने नै अलोकतान्त्रिक बाटो हिडेको बताएका हुन् । 

प्रधानमन्त्री ‍ओलीले पहिले कम्युनिष्ट पार्टीमा स्वार्थ भएकाले विभाजित भएकाे बताउँदै अहिले कांग्रेस त्यही बाटोमा हिडेकाे उल्लेख गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शक्तिसँग कांग्रेसले एकता गर्नु पर्ने भए पनि प्रतिगामी शक्तिसँग एकता गरेको बताए । उनले भने, “आज अचम्म लाग्छ, कांग्रेस कहाँ पुग्यो ? कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिडेको देख्दा विचित्र लाग्छ । कुनै पनि लोकतन्त्रवादीले जन्मसिद्ध श्रेष्ठताका लागि मेरो शासक भइदेउ भनेर दरखास्त हाल्दैन ।”

सरकारले सुन तस्करीका सबै बाटाे बन्द गराएको दाबी गरेका प्रधानमन्त्री ओलीले भने, “सुन तस्करीको प्वाल बन्द गरिदिएका छौँ, खै सुन ? त्यस बेलाकाले थाहा पाउन पर्‍याे नि, कहाँ पुग्याे भनेर ? कारोबारीको पृष्ठभूमिमा बसेकाहरु आत्तिएका छन् । जमिन मुनि गाडेको पनि खोजेर निकालेका छाैँ ।” 

प्रधानमन्त्री ओलीले यस वर्ष मात्रै ४ सय झोलुङ्गे पुल बनेकाे तथा ८ सय किलोमिटर कालोपत्रे भएको बताए । उनले सामान्य विषयलाई अनावश्यक उचालेर पार्टी फुट्छ भनी भ्रम फैलाउने काम भएकोमा आपत्ती जनाएका छन् । नेकपा भवितव्यले एकता नभएको भन्दै उनले वर्षसँगै अभियान र अभिभाराको पाटो पल्टिने र नयाँ अठोठका साथ पार्टी अघि बढ्ने स्पष्ट पारे । सरकारको उद्देश्य शान्ति सुव्यवस्था कायम गर्दै लोकतन्त्रको सही अभ्यासका साथ विकास निर्माणमा अघि बढ्ने भएकाले सोहीअनुसार काम गर्ने स्पष्ट पारे ।