मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
लक्ष्मण खनाल
२०७६ बैशाख ९ सोमबार १४:२४:००
Read Time : < 1 मिनेट
प्रवास

युएईमा एक वर्षमा १ सय तीन जना नेपालीको मृत्यु

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल
२०७६ बैशाख ९ सोमबार १४:२४:००

२०७५ मा युएईमा मृत्यु हुने नेपालीहरुको संख्या १०३ जना रहेको नेपाली राजदुतावास युएईले जनाएको छ । जस मध्य प्राकृतिक कारण मृत्यु भएको  संख्या सबै भन्दा बढी रहेको छ । प्राकृतिक मृत्यु हुनेको संख्या ५२ जना रहेको छ, जसमा ५० जना पुरुष र २ जना महिला रहेका छन् । 

त्यस्तै आत्महत्या गर्नेमा ३१ जना नेपालीले रहेका छन् । बैदेशिक रोजगारीमा रहेर आत्महत्या गर्नेको संख्या बढ्दो छ । नेपालीहरु युएईको वातावरण, अत्याधिक गर्मी, कामको चाप, पारिवारिक चिन्ता, मानसिक दवाव, आनावश्यक तनाव आदीका कारण आत्महत्या गर्ने गरेको पाइएको छ ।

त्यसैगरी विभिन्न दुर्घटना मृत्यु हुनेहरुमा १५ जना पुरुष र ३ महिला गरि १८ जना रहेका छन् । युएईमा गत बर्ष एक जना पुरुष र एक जना महिलाको हत्या भएको दुतावासको अभिलेखमा उल्लेख छ ।

नेपाली राजदुतावास अनुसार २०७५ मा मृत्यु भएका सबै नेपालीहरुको शव नेपाल पठाइसकिएको छ ।