१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मोहन विष्ट
२०७६ बैशाख ९ सोमबार १३:५२:००
Read Time : < 1 मिनेट
समाचार

नियमित पठनपाठन माग गर्दै विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए

Read Time : < 1 मिनेट
मोहन विष्ट
२०७६ बैशाख ९ सोमबार १३:५२:००

कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसका प्रमुख खेमलाल घिमिरेको विद्यार्थीले कार्यकक्षमा तोडफोडका साथै कुर्सी जलाइदिएका छन् । 

कांग्रेस निकट नेवि संघ, पुर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुले सोमबार बिहान क्याम्पस प्रमुख घिमिरेको कुर्सी जलाइदिएका हुन् । नियमित पठन पठानको माग गर्दै तीन विद्यार्थी संगठनको अगुवाईमा विद्यार्थी आन्दोलित भएका हुन् । 

एक सातादेखि विभिन्न विषयका प्राध्यापक क्याम्पसमा उपस्थित नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको भन्दै उनीहरु आक्रोशित बनेका हुन् । अखिल क्रान्तिकारी जनज्योती क्याम्पस इकाई अध्यक्ष दलबहादुर धामीले पटक पटक क्याम्पस प्रमुखलाई नियमित पठन पाठनको माग राख्दा समेत वेवास्ता गरेका कारण कुर्सी जलाउन बाध्य भएको बताए । 

‘क्याम्पस प्रमुख घिमिरेको कार्यशैली प्रति हामीले उतिबेलै आन्दोलन छेडेका थियौँ, ‘उनले भने, ‘अहिले आएर उनी क्याम्पस प्रमुख हुँदा सबै विद्यार्थी संगठन घिमिरे बिरुद्ध आन्दोलनमा उत्रिएका छन् ।’ अनेरास्ववियुका इकाई अध्यक्ष सरोज भण्डारीले क्याम्पस प्रमुखको गैर जिम्मेबारीपनका कारण बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । 

नेवि संघ इकाई सभापति सरोज रोकायाले विद्यार्थी संगठनले अघि सारेका माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । विद्यार्थीको आन्दोलनका कारण क्याम्पस ठप्प भएको छ । 

क्याम्पस प्रमुख खेमलाल घिमिरेले क्याम्पस सुधारका लागि आफूले प्रयत्न गर्दा केही क्याम्पसका शिक्षक प्राध्यापकको चलखेलका कारण तोडफोड आगजनी भएको बताउँछन् । क्याम्पस प्रमुख घिमिरले क्याम्पस सुधारका लागि अघि सारेका १३ बुँदा संचालक समितिलाई बुझाउँदा समेत ८ शिक्षकले नमानेपछि यस्तो परिमाण आएको बताए ।