मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विदुर पौडेल
२०७६ बैशाख ९ सोमबार १२:५०:००
Read Time : < 1 मिनेट
समाचार

गाउँपालिका कार्यालयमै खानेपानी अभाव

Read Time : < 1 मिनेट
विदुर पौडेल
२०७६ बैशाख ९ सोमबार १२:५०:००

सिन्धुलीको सुनकोशी गाउँपालिका कार्यालयमै खानेपानीको हाहाकार छ । गाउँपालिका कार्यालयमै खानेपानीको समस्या हुदाँ शौचालयमा समेत किनेको पानी प्रयोग गर्नु पर्ने बाध्यता रहेको प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले बताए ।

खानेपानीको लागि आर्थिक र प्राविधिक विषय भन्दा पनि पानीको श्रोतकै अभाव रहेको उनले बताए । यस क्षेत्रमा बर्षातको समयमा पनि कम वर्षात हुने र अधिकाशं क्षेत्र उजाड , वन जंगल नभएकाले पानीको श्रोतकै अभाव भएको हो ।

गाउँपालिकाको माथिल्लो क्षेत्र महाभारत क्षेत्रका केही वडाहरुमा खानेपानीको श्रोत भएपनि तल्लो क्षेत्र अधिकाशं सुख्खा क्षेत्र नै रहेको सुनदासले बताए । गाउँपालिका कार्यालयले पानीको श्रोत पहिचान गरिरहेको र यसको लागि सम्भाव्यता अध्ययनको काम भइरहेको बताए ।

गाउँपालिकाले अधिल्लो आर्थिक वर्षमा ३ वटा खानेपानी आयोजना लिफ्ट मार्फत संचालन गरेको भएपनि त्यो निकै खर्चिलो र झन्झटिलो देखिएको उनले बताए  । 

यदी पानीको श्रोत पहिचान भएमा आगामी बजेट पनि खानेपानीको क्षेत्रमा विनियोजनलाई प्राथमिकतामा राख्ने गाउँपालिकाको योजना रहेको छ ।