१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
ध्रुव बीसी
२०७६ बैशाख ९ सोमबार ११:०६:००
Read Time : < 1 मिनेट
समाचार

मंगलसेनमा भेटिएको बम सेनाद्वारा डिस्पोज

Read Time : < 1 मिनेट
ध्रुव बीसी
२०७६ बैशाख ९ सोमबार ११:०६:००

अछाम सदरमुकाम मंगलसेनमा सोमबार बम भेटिएको छ । मध्यपहाडी लोकमार्गको मंगलसेन–बसपार्क सडक खण्डको बैरागी धारा नजिकको मोडमा बम भेटिएको हो । 

नियमित कसरतमा निस्किएको नेपाली सेनाको टोलीले बिच सडकमा कागजमा बेरिएको अवस्थामा बम फेला पारेका थिए । ग्रिनेट आकारको सो बम फेला परेको करिब दुई घण्टा तीस मिनेटपछि डिस्पोज गरिएको छ । 

भवनी बक्स गण मंगलसेनबाट आएको मेजर हरि श्रेष्ठको टोलीले बम डिस्पोज गरेको थियो । सेनानी श्रेष्ठका अनुसार उस्तै आकारको शंकास्पद बस्तु पाँच मिटरको फरकमा दुई ठाउँमा भेटिएका थिए । एक ठाउँमा झुक्याउनका लागि मात्र बोतल बोकेर राखिएको भएपनि अर्को ठाउँमा राखिएको बस्तु भने डिस्पोज गरिएको उनले बताए । 

मंगलसेनका प्रमुख गणपति लोचन कार्कीले भने उक्त बस्तुलाई बम भन्न नमिल्ने बताएका छन् । त्रास फैलाउनका लागि कसैले तार र फलाम प्रयोग गरेर बम जस्तो देखिनेगरी सडकमा राखेको हुनसक्ने उनले बताए । 

डिस्पोज गर्दा सेनाले नै प्रयोग गरेको बिस्पोटक पदार्थको आवाज आएकाले सो बस्तुलाई बम भन्न नमिल्ने उनले बताए । यो सामान्य प्रकृतिको शंकास्पद बस्तु भएकाले यसबाट त्रसित नहुनपनि उनले आग्रह गरे ।  

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार शंकास्पद वस्तु भेटिए लगतै प्रहरीले घटना बारे अनुसन्धान थालेका बताए । यसअघि चार दिन पहिले जिल्लाको तुर्माखाँद गाउँपालिकामा पनि यस्तै शंकास्पद वस्तु भेटिएकाले यसमा कुन समूहको संलग्नता छ भन्नेबारे प्रहरीले खोजी सुरु गरेको उनले बताए ।