मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कर्ण चन्द
२०७६ बैशाख ९ सोमबार १०:१५:००
Read Time : < 1 मिनेट
प्रदेश

९० हजार बालबालिका विद्यालयमा भर्ना गर्छौँ : पोखरेल

Read Time : < 1 मिनेट
कर्ण चन्द
२०७६ बैशाख ९ सोमबार १०:१५:००

विद्यालयभन्दा बाहिर रहेका ९० हजार बालबालिकालाई यस वर्ष भर्ना गर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।  शैक्षिक संस्थाको अनुगमनका क्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा रहेका मन्त्री पोखरेलले डोटी पुगेर ९० हजार विद्यार्थी यसवर्ष भर्ना गर्ने बताएका हुन् ।  

विद्यालयभन्दा बाहिर रहेका दुई लाख ५४ हजार बालबालिका गत वर्ष भर्ना भइसकेकाले बाँकी रहेका विद्यार्थी  यस वर्ष भर्नाका लागि सबै स्थानीय तह लाग्नुपर्ने उनले बताए । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहले हेर्ने भएका कारण विशेष गरी स्थानीय तहले प्राथमिकताका साथ भर्ना अभियान सञ्चालन गर्नुपर्ने उनको धारणा थियो ।

मन्त्री पोखरेलले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला, डोटी र डडेल्धुराका शैक्षिक संस्थाको अनुगमन गरेका छन् । डोटीमा रहेको सेती प्राविधिक शिक्षालय, निजामती कर्मचारी आवासीय विद्यालय र सहिद स्मृति आवासीय विद्यालयको अनुगमन गरेका मन्त्री पोखरेलले सेती प्राविधिक शिक्षालय ऐतिहासिक भएका कारण यसको विकासका लागी विशेष पहल गर्ने वचन दिए । प्रदेश सरकारले डोटीलाई शैक्षिक हबको रूपमा विकास गर्ने कार्यक्रम लिएर आएमा संघीय सरकार सहयोग गर्न तत्पर रहेको उनले बताए ।