१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवीन अर्याल
२०७६ बैशाख ९ सोमबार ०९:५८:००
Read Time : > 3 मिनेट
फिचर

गोल्यान समूहको ६१ वर्षे व्यवसाय-यात्रा

Read Time : > 3 मिनेट
नवीन अर्याल
२०७६ बैशाख ९ सोमबार ०९:५८:००

व्यवसायको सम्भावना देखेर सोहनलाल गोल्यान नेपाल आएका थिए । उनले गोल्यान समूह बनाएर व्यावसायिक यात्रा सुरु गरेकै वर्ष जन्मिए, पवन । बाबुले सुरु गरेको गोल्यान समूहको व्यवसाय र उनको उमेर बराबर भयो, ६१ वर्ष । यो अवधिमा गोल्यान समूहले उद्योग र व्यवसायमा राम्रो पकड जमाइसकेको छ ।

सोहनलालले सुरुमा कपडाको व्यापार गरे । त्यसको केही समयमा नै टाँक उद्योग खोले । त्यो उद्योगमा पाँच सयजना कामदार राखिएको छोरा पवन बताउँछन् । उनका बाबु सोहनलालले उद्योग फैलाउँदै गए । सन् १९७० मा कपडा उद्योग खोले । पवनका अनुसार गोल्छा परिवारले चलाइरहेको हुलास मेटल क्राफ्ट पनि सोहनलालकै अगुवाइमा खुलेको हो । उनैले चप्पल, छाता, जिप/फस्नर, क्यासेट बनाउने उद्योग खोले । 

बुबाको व्यवसाय विस्तारमा पवनको पनि साथ रह्यो । उनी पारिवारिक व्यवसायमा १५–१६ वर्षको उमेरदेखि नै होमिए । बुबाले खोलेको कपडा बनाउने शाह उद्योग बन्द थियो । उनले ०३८ सालमा पुनः सञ्चालनमा ल्याए । पवनकै नेतृत्वमा गोल्यान परिवार मुलुकको अग्रणी व्यावसायिक घराना बनेको छ । अहिले कपडा, धागो, प्लास्टिक, वित्तीय क्षेत्र, रियल इस्टेट, हस्पिटालिटी, कृषिलगायत क्षेत्रमा लगानी फैलिसकेको छ । 

१) रिलायन्स स्पिनिङ मिल
नेपाल र भारतबीचको व्यापार तथा पारवहन सम्झौता (टिटी) सन् १९६६ मा रिभ्यु भएको थियो । नेपाली वस्तुलाई भारत प्रवेश खुला गरिएको थियो । सोही समय शशिकान्त अग्रवाल र पवन गोल्यानको संयुक्त लगानीमा विराटनगरमा रिलायन्स स्पिनिङ मिल खुल्यो, मुलुककै ठूलो धागो उद्योग । रिलायन्सले एक्रोलिक धागो बनाउँथ्यो । तर, इन्डियाले नेपाली वस्तुमा सन् २००० तिर एन्टिडम्पिङ ड्युटी लगायो । निर्यात स्वात्तै घट्यो । बंगलादेशमा पनि एक्रोलिक धागो राम्रै निर्यात भइरहेको थियो, उसले पनि सन् २००२ मा रोकिदियो । पवन गोल्यान र शशिकान्त अग्रवालले एउटै देशमा मात्र भर नपर्ने रणनीति बनाए । अहिले धागो टर्कीलगायत मुलुक पुग्छ । 

२) शिवम् प्लास्टिक इन्डस्ट्रिज
गोल्यान समूहको सफल व्यवसायको सूचीमा पर्छ, शिवम् प्लास्टिक उद्योग । दुई दशकअघि खुलेको प्लास्टिक उद्योगको उत्पादनमध्ये झन्डै ८० प्रतिशत भारत निर्यात हुन्छ । सन् २००० तिर खुलेको उद्योग सुरुका ५–७ वर्ष राम्रोसँग चल्यो । तर, बिस्तारै निर्यात घट्न थाल्यो । पछिल्लो समय प्लास्टिकको बजार पुनः बढ्दै गइरहेको छ । पवनले पनि उद्योग ‘एक्स्पान्सन’ गरिरहेका छन् । भर्खरै नयाँ युनिट सञ्चालनमा ल्याएका छन्, त्रिपाल उद्योग । 

३) कास्मिरी स्वेटर
गोल्यान समूहले उत्पादन गर्ने कास्मिरी स्वेटर ९० प्रतिशत निर्यात हुन्छ । यहाँबाट कपडाको मुख्य बजार अमेरिका थियो । पवनका अनुसार अमेरिकाको न्युयोर्कस्थित व्यापारिक भवन ट्विन टावरमा धेरै क्रेता थिए । तर, सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाले आतंककारी हमला गरेपछि उनका ग्राहकको पनि हताहती भयो । व्यापार चौपट भयो । ‘तर, हामीले उद्योगलाई मर्न दिएनौँ, जेनतेन सम्हाल्यौँ, अहिले पुनः निर्यातले उचाइ लिन थालेको छ,’ उनी भन्छन् । उत्पादन अमेरिका, युरोपेली मुलुक, अस्ट्रेलिया, न्युजिल्यान्ड, भारतलगायत मुलुक पुग्छ । 

४) पस्मिना उद्योग
सन् १९९८–२००० तिर विश्वभर नेपाली पस्मिना सलको माग ह्वात्तै बढ्यो । विदेशी क्रेताले नेपाली कपडा उद्योगलाई सम्पर्क गर्न थाले । त्यो समय गोल्यान समूहले दुईवटा कपडा उद्योग चलाइरहेको थियो । गोल्यान समूहले पस्मिना सल निर्यात गर्दैनथ्यो, कोरा कपडा बनाएर निर्यात गथ्र्यो । अधिकांश कपडा भारत निर्यात हुन्थ्यो । तेस्रो मुलुकमा सानो परिणामा निर्यात हुन्थ्यो । त्यतिबेलै नेपाली पस्मिनामा ठूलो लगानी भयो । गोल्यान समूहले दैनिक एक करोडको पस्मिना निर्यात गथ्र्यौं । पछि भारतले आफैँ पस्मिना उत्पादन गर्न थाल्यो, गुणस्तर खस्काउँदै गयो । नेपाली उत्पादकले पनि गुणस्तरमा सम्झौता गर्न थाले । अन्ततः पस्मिनाको बजार स्वात्तै तल झ¥यो । अहिलेसम्म उठ्न सकेको छैन । 

५) स्टिल उद्योग
यो पनि पवनको असफल उद्योग बन्यो । १७–१८ वर्षअघिको कुरा हो, पवनले डन्डी उद्योग खोले । शाह आइरन एन्ड स्टिल प्रालिले अलग्गै किसिमको डन्डी बनाउँथ्यो । स्टिल कम लाग्ने, स्ट्रेन्थ एकदमै राम्रो थियो । डन्डीको अल्टरनेट बनाउने प्रविधि ‘तोरकारी’ बाहिरबाट झिकाएका थिए । ‘१५–२० करोड लगानी भएको थियो,’ पवन भन्छन्, ‘उद्योग चलाउन सकेनौँ ।’ उत्पादन बढाएर मार्केटिङ गर्न नसकेकै कारण उद्योग बन्द भएको पवन बताउँछन् । 

६) वित्तीय क्षेत्र 
गोल्यान समूहको बैंक र इन्स्योरेन्समा लगानी छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआइसी), एनएमबी बैंक, एनआइसी एशिया बैंक र एसियन लाइफ इन्स्योरेन्समा लगानी छ । पवनले एनएलआइसीमा सुरुवातमै साढे दुई करोड लगानी गरेका थिए । अहिले उनको सेयरको मूल्य झन्डै साढे दुई सय करोड पुग्यो होला । २० वर्षको अन्तरालमा सय दोब्बर वृद्धि । त्यो समयमा नयाँ क्षेत्रमा लगानी गर्ने भनेर वित्तीय क्षेत्रमा प्रवेश गरेका थिए । उनी एनएमबी बैंकको तेस्रो कार्यकालको अध्यक्ष छन् ।

७) रियल इस्टेट
बालकुमारीमा वेस्टार प्रोपर्टी बनाउँदै थिए, भूकम्पको चपेटामा प-यो । भूकम्पले क्षति पु¥याइदियो । भूकम्पले ३०–४० करोड क्षति भयो, इन्स्योरेन्सले २०–२५ करोड व्यहो¥यो । २१२ वटा युनिट भएको वेस्टार प्रोपर्टीको एक सयभन्दा बढी युनिट बिक्री हुन बाँकी नै थिए । क्षति भएका अपार्टमेन्टको पुनर्निर्माण भइसकेको छ । रविभवनको अपार्टमेन्ट पनि भूकम्पको चपेटामा प-यो । ‘भूकम्पअघि बिक्री गरिएका युनिटको पैसा फिर्ता गरिदियौँ,’ पवन सुनाउँछन्, ‘अब आफैँ बस्ने गरी तयार पार्दै छौँ ।’ गोल्यान समूहको हेड अफिस पनि त्यहीँ सर्दै छ ।